समानुपातिकतर्फ ७९ लाख मतगणना, रास्वपालाई मात्रै ३८ लाख बढी मत, अन्य दलले कति पाए ? « Khabarhub

समानुपातिकतर्फ ७९ लाख मतगणना, रास्वपालाई मात्रै ३८ लाख बढी मत, अन्य दलले कति पाए ?


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७९ लाख १० हजार ४०८ मत गणना भएको छ ।

निर्वाचन आयोगबाट प्राप्त तथ्याङकअनुसार बिहान ७ः५० बजेसम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३८ लाख २२ हजार ६३२ मत प्राप्त गरेको छ ।

त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १२ लाख ८९ हजार ४४८, नेकपा एमलेले १० लाख ८९ हजार ४४९, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ६२ हजार ९१४ मत प्राप्त गरेको छ ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६७ हजार ३०४ र श्रम संस्कृति पार्टीले दुइ लाख ६२ हजार ६६० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ७ : ५२ बजे

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह