मोटरसाइकलसहित चोरीमा संलग्न १४ जना पक्राउ « Khabarhub

मोटरसाइकलसहित चोरीमा संलग्न १४ जना पक्राउ


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १४ जनालाई पक्राउ गरेको छ ।

महाशाखाको पीडित सहायता ईकाइको बिशेष टोलीले उपत्यकाको बिभिन्न स्थानहरुबाट हराएका र चोरी भएका सवारी साधनहरुलाई खोजतलास गर्ने विशेष अभियान संचालन गरिरहेको छ ।

महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका ८५ वटा मोटरसाइकलहरु खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा दिएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बिगत लामो समयदेखि मोटरसाईकल चोरी गर्ने पेसेवर गिरोहलाई निग्रानीमा राखि सादा पोशाकमा बिशेष अपरेसन टोली खटाइएका छौ, धेरै जसो उपत्यकाबाट हराएका मोटरसाइकलहरु उपत्यका बाहिरका ग्रामीण बस्तिहरुमा पुग्ने गरेको पाइएको छ, त्यस्ता बस्तीहरुमा समेत सुराकी परिचालन गरी सुचना संकलन गर्ने कामसमेत भइरहेको बताए ।

आज मात्रै महाशाखाले ललितपुरको ढोलाहिटीबाट काभ्रे तिमाल घर भई ललितपुर बस्ने बर्ष २५ का सुजन तामाङ्गलाई बास्तबिक नम्बर प्र.३-०२-००१प९०४१ भइ प्र.३-०२-००३प६५०६ नंम्बर राखि चलाएको २२० सिसिको रातो कालो पल्सरसहित पक्राउ गरी आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी बृत्त मालीगाँउ पठाएको छ । उक्त मोटरसाईकल काठमाण्डौं स्थित सेतोपुलदेखि १० दिन अघि मात्र हराएको थियो ।

बिशेषगरि काठमाडौँका सार्वजनिक स्थल र एकान्तमा पार्किङ्ग गरी राखिएका मोटरसाईकलहरु चोरी हुने गरेको तथ्याङ्कबाट देखिएको छ । सवारी धनिहरुले अतिरिक्त लक एव सुरक्षाका उपायहरु नअपनाउँदा चोरी हुने संख्या समेत बढ्दै गएको देखिन्छ ।

मोटरसाईकल चोरी भएर उपत्यकामा नै किनबेच भएका र मोटरसाइकल चोरले नै नम्बर प्लेट परिबर्तन तथा सरसामान पार्टपुर्जा फेरेर नचिनिने गरि चलाउने गरेको पाइन्छ । त्यस्ता मोटरसाइकलहरुलाई बिशेष संकेतको आधारमा पहिचान गरी पक्राउ गरिने गरेको महाशाखाले बताएको छ ।

प्रहरी निरीक्षक जितेश दाहालले भने “हामीले पक्राउ गर्दा कतिपय अबस्थामा सम्बन्धित चालकलाई उसले चलाएको मोटरसाईकल चोरीको हो भन्ने समेत थाहा हुदैन, धेरै घटनामा सस्तोमा किनेको र पछि नामसारी गर्ने भनी अग्रिम केहि पैसा दिने गरेको भेटिन्छ ।”

अधिकांश चोरी भएका मोटरसाईकलहरुको बास्तबिक नम्बर परिबर्तन गरेको पाईन्छ भने कतिपय पक्राउ परेका मोटरसाईकलको नक्कली ब्लुबुक समेत हुनेगरेको भएको दाहालले बताए ।

केहीदिन अघि मात्रै नुवाकोटका दिनेश तामाङ्ग र राजाराम तामाङ्गलाई चोरीको मोटरसाईकल सहित टोखाबाट पक्राउ गरि आवश्यक कारबाहीको लागी बृत्त कालीमाटी पठाइएको छ भने यहि असोज १६ गते नयाँबजारबाट हराएको बा९५प ४८४ नं को २२० सिसिको कालो रातो पल्सर सहित काभ्रेका सन्त लामा र समिर लामालाई कालीमाटीबाट पक्राउ गरि बृत्त सोह्रखुट्टेमा आबश्यक कारबाहीको लागी पठाइएको महाशाखाले जानकारी दिएको छ ।

सवारी साधन चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लकको प्रयोग गर्न, आलराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न र एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न समेत महाशाखाको अनुरोध गरेकोछ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ४ : १५ बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।