दाँतमा आउने समस्याको यसरी गर्नुहोस उपचार « Khabarhub

दाँतमा आउने समस्याको यसरी गर्नुहोस उपचार


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाँतले खाना चपाउने मात्र होइन अनुहारको सुन्दरता सहित ब्यक्तित्वमा समेत महत्व राख्दछ । दाँत सडे, खाल्डो परे घरेलु विधि अपनाएर यस समस्याबाट मुक्त हुन सकिन्छ ।

१. दाँत सम्बन्धि कुनै पनि समस्यामा ल्वाङ प्रभावकारी मानिन्छ । यसले दाँतको दुखाई कम गर्नुका साथै दाँतमा क्याभिटी फैलिन दिदैन । यसकालागी एक चौथाई तिलको तेलमा २/३ थोपा ल्वाङ्गको तेल मिसाएर राती सुत्नु अगाडी दाँतमा लगाएमा दाँतलाई आराम दिलाउँछ ।

२. नुनको प्रयोगले दाँतको दुखाई तथा दाँत सुन्निने समस्या कम गर्दछ । साथै कुनैसंक्रमण तथा मुखमा व्याक्टेरियाको वृद्धि हुनबाट रोक्छ । यसकालागी एक चम्चा नुनलाई तातो पानीमा मिसाएर कुल्ला गर्नुपर्छ ।

३. एन्टी व्याक्टेरियलको साथ एन्टीबायोटिक गुणका कारण लसुनको प्रयोग क्याभिटीमा प्रभावकारी मानिन्छ । लसुनले दाँत टुक्रने तथा क्याभिटीको समस्या कम गर्न मद्दत गर्नुका साथै दाँतको दुखाईबाट समेत राहत दिलाउँछ । यसकालागि ३/४ पोटी लसुनलाई पिसेर एक चौथाई सिधे नुनमा मिसाएर लेप बनाइ संक्रमित दाँतमा लगाएर १० मिनेट राखेमा क्याभिटीको समस्या निकै कम हुन्छ ।

४. जेठी मधुमा रहेको एन्टी व्याक्टेरियल तत्वले दाँतमा क्याभिटीको विकास हुन दिदैन । साथै, दाँतमा काई लाग्न नदिएर दाँतलाई स्वस्थ राख्दछ । जेठी मधुको जरालाई धुलो बनाएर मञ्जनको रुपमा दाँतमा प्रयोग गर्न सकिन्छ । त्यस्तै, मुलेठीको डाढलाई टुथब्रशको रुपमा पनि दाँतमा प्रयोग गरे राम्रो लाभ मिल्दछ ।

५. बेसारले क्याभिटीबाट हुने दाँतको दुखाई कम गर्दछ । बेसारको धुलोलाई प्रभावित दाँतमा लगाएर केही बेर राखेर मनतातो पानीले कुल्ला गरे क्याभिटी हुदैन ।

६. निमको पात पनि क्याभिटी हटाउन र गिजा स्वस्थ तथा मजबुत राख्न सहायता गर्दछ । दाँत तथा गिजामा नीमको रसले मज्जाले दलेर केही समयपछि मनतातो पानीले कुल्ला गरेमा राम्रो लाभ दिन्छ ।

७. अमलामा रहेको एन्टीअक्सिडेन्ट तत्व तथा भिटामिन सीले व्याक्टेरिया तथा रोगको संक्रमणसित लड्न मद्दत गर्छ । अमलाई सिंगै वा आधा गिलास पानीमा आधा चम्चा अमलाको रस मिसाएर पनि यसको सेवन नियमित गरे चाँडै राहत मिल्दछ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ३ : ५० बजे

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन

भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि हुँदै

काठमाडौँ– भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली सेनाले

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल