यी हुन ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका ३ जिल्ला « Khabarhub

यी हुन ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका ३ जिल्ला


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका तीन जिल्लामा मात्र ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेको जानकारी दिएको छ ।

मंगलबारको तथ्यांक अनुसार काठमाडौं, ललितपुर र कास्कीमा मात्रै ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । यसैगरी मनाङ र डोल्पामा एक जना पनि संक्रमित नरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।

मन्त्रालयले हाल देशभर सक्रिय संक्रमित १२ हजार ६८६ अर्थात ५.२१ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३८२ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार ६२१ जना निको भएका छन् भने २३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।

यस्तो छ मन्त्रालयको विवरण

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ४ : ५१ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ