एमबीबीएस अनुमतिको पर्खाइमा कर्णाली स्वास्थ्य प्रतिष्ठान « Khabarhub

एमबीबीएस अनुमतिको पर्खाइमा कर्णाली स्वास्थ्य प्रतिष्ठान


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छिट्टै चिकित्सा विषयको स्नातक तहको पढाइ शुरुआत गर्ने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ ।

हालसम्म सरकारले प्रतिष्ठानलाई सो तहको अध्ययन अध्यापन गराउन अनुमति दिएको छैन ।

जिल्लाका स्वास्थ्य अवस्थाका बारेमा अनुगमन गर्न गएका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानले सो तहको अध्ययनका लागि माग गरेको र मन्त्रालयले सहजीकरण गरिरहेको बताए ।

उनले प्रतिष्ठानको भौतिक पूर्वाधार, जनशक्ति विकास तथा उपकरणको थप व्यवस्था गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने जानकारी दिए ।

प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज बाग्लेका अनुसार प्रतिष्ठानले एमबीबीएस तहको अध्ययन अध्यापनका लागि आवश्यक पूर्वाधार, पाठ्यक्रम तथा जनशक्तिको आवश्यक तयारी लगभग पूरा गरिसकेको छ ।

उनले भने, “प्रतिष्ठान एमबीबीएस तहको पठन पाठन गर्न अनुमतिको प्रतिक्षामा छ । यस तहको पठन पाठनले दुर्गम क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव हुने छैन ।जनताले घर आगनमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने छन् ।”

कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले रु ६ अर्बको बहुवर्षीय योजना पारित भइसकेको जानकारी दिँदै यसलाई कार्यान्वयन गर्न मन्त्रालयको सहयोग आवश्यक रहेको बताए । उनले प्रतिष्ठानले स्वास्थ्य सेवा घरघरमा पु¥याउन उच्च प्राथमिता दिइ काम गरिरहेको जानकारी दिए ।

प्रतिष्ठानका वरिष्ठ प्रशासकीय अधिकृत अमृत भण्डारीका अनुसार प्रतिष्ठानले कर्णालीमा कोरोना परीक्षण तथा उपचारमा उल्लेखनीय सफलता प्राप्त गर्दै आएको छ ।

कर्णाली प्रदेशका ४२ स्थानीय तहमा पाँचदेखि १५ श्ययाका अस्पतालको शिलान्यास समेत भएको छ । कार्यक्रममा पूर्वराज्यमन्त्री बलबहादुर महतले प्रतिष्ठानको पूर्वाधार र एमबीबीएसको लागि सहयोग गर्न सरकारसित अनुरोध गरे ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ५ : ३८ बजे

अध्ययन बिदा सकिएर पनि नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्र : पहिचान, सम्मान

झिक्कै झिक्कै माया तमलाई, आई लभ यु- बालेन !

२०८० सालको भदौ १६ गते, शनिबार। वालेन्द्र शाह काठमाडौँ महानगरका

एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

काठमाडौँ– नेपालको औषधि उत्पादन कम्पनी एम.डी.एच फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी