भोलिदेखि मानवअधिकार महाभेला देशभर मनाइँदै | Khabarhub Khabarhub

भोलिदेखि मानवअधिकार महाभेला देशभर मनाइँदै


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  ७२ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा ‘रिकोभर बेटर स्ट्याण्ड फर ह्युमन राइट्स’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘महामारीमा मानवअधिकारः स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार’ राष्ट्रिय नाराका साथ मानवअधिकार राष्ट्रिय महाभेला २०७७ देशभर मनाइने भएको छ ।

मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको आज ७२ वर्ष पुगेको अवसरमा नेपालमा पनि जनस्वास्थ्यलाई मानवअधिकारको मुख्य विषय मानेर ७७ वटा जिल्लामा महाभेलाका गतिविधि गर्न लागिएको हो ।

विश्वभरि फैलिएको कोरोनाको सङ्क्रमणका कारण जनस्वास्थ्यका मापदण्ड पालना यो वर्ष भर्चुअलरुपमा कार्यक्रम हुने तय भएको मानवअधिकार राष्ट्रिय महाभेला, २०७७ का संयोजक गोविन्दबहादुर शाहीले जानकारी दिए ।

भोलिदेखि शुरु हुने महाभेलाको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उद्घाटन गर्नेछन।

महाभेलामा मुलुकभरका मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा कार्यरत संस्थाको सक्रिय सहभागिता हुनेछ । देशभर प्रदेशस्तरीय, जिल्लास्तरीय र अन्य विषयगत सवालमा आधारित भएर विभिन्न कार्यक्रम हुनेछन्।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (डिसेम्बर १०) लाई बृहत्रुपमा मनाउन सन् २००९ मा नेपालमा मानवअधिकार तथा सामाजिक न्यायको क्षेत्रमा कार्यरत संस्थाको अगुवाइमा मानवअधिकार राष्ट्रिय महाभेला आयोजना गरी राष्ट्रिय मानवअधिकार आयोगसँगको सहकार्यमा सञ्चालन हुँदै आएको छ ।

वार्षिकरुपमा मानवअधिकार महाभेला विभिन्न संस्थाले संयोजन गर्ने परम्परा रहेको छ । पाँच दिनसम्म सञ्चालन हुने १२ औँ मानवअधिकार राष्ट्रिय महाभेलाको संयोजन कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक), सहसंयोजन नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ र मानवीय जवाफदेहिता अनुगमन अभियान (हामी) ले गर्नेेछ ।

कोभिड महामारीका कारण मानवअधिकारको अवस्था जटिल बनिरहेको समयमा आयोजना हुने महाभेलाले ऐन कानूनमा मानवअधिकारको प्रष्ट व्याख्या भए तापनि कार्यान्वयनको पाटोलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने मूल आयोजक समारोह समितिले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिम भनिएको छ, “नेपालमा जातीय, लैङ्गिक, क्षेत्रीय तथा भाषिकरुपमा पनि मानवअधिकार उल्लङ्घनका घटना बढेको महसुस भएको छ, जातीय विभेद, छुवाछूत, बलात्कार, हत्या, हिंसालगायतका घटना दिन प्रतिदिन बढ्दो दरमा भइरहेका छन्, यस्तो अवस्थामा सबै क्षेत्रबाट एकजुट भई मानवअधिकारको संरक्षण र सम्वद्र्धनमा लाग्नुपर्ने देखिन्छ ।”

यो महाभेलाले मुलुकमा रहेको मानवअधिकारको अवस्थालाई चित्रित गर्ने, मानवअधिकारको अवस्थालाई अझ सुदृढ बनाउन मार्गनिर्देश गर्ने, मानवअधिकारप्रतिको प्रतिबद्धता कार्यान्वयनप्रति जिम्मेवारी बोध गराउनका साथै ऐक्यबद्ध आवाज निर्माण गर्न यो अभियानलाई सशक्त र प्रभावकारी बनाउन आह्वान गरिएको छ । -रासस

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ६ : १४ बजे

भारत अर्को विश्वव्यापी एआई शिखर सम्मेलन आयोजना गर्न तयार : मोदी

पेरिस – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फाउन्डेसन

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम – रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

पश्चिम नवलपरासीमा वर्षौंदेखि ५० खानेपानी योजना अधुरै

नवलपरासी – पश्चिम नवलपरासीमा वर्षौंदेखि निर्माण सुरु भएका ५० वटा

सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि पास गर्छौं : मन्त्री गुरूङ

काठमाडौं – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीननाथ शर्मा

कास्की – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी