एन्फा र एपीएफ स्कूलबीच फुटबल एकेडेमी निर्माणको सम्झौता « Khabarhub

एन्फा र एपीएफ स्कूलबीच फुटबल एकेडेमी निर्माणको सम्झौता


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल एपीएफ स्कूलबीच फुटबल एकेडेमी निर्माण गर्ने सम्झौता भएको छ ।

नेपाल एपीएफ स्कूल फुटबल एकेडेमी निर्माणका लागि मंगलबार एन्फा र एपीएफबीच ६ वर्षको सम्झौता भएको हो ।

मंगलबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र एपीएफका एआईजी पुष्पराम केसीले सम्झौतामा हस्ताक्षर गरेका हुन। युवा फुटबल खेलाडीका लागि सहयोग गर्ने उद्देश्यले दुई पक्षबीच सम्झौता भएको एन्फाले जनाएको छ ।

एन्फा अध्यक्ष शेर्पाले नेपाल एपीएफ स्कूलसँग एकेडेमी स्थापना गर्ने सम्झौताको घोषणा गर्न पाउँदा खुसी लागेको बताए । उनले खेलाडी र प्रशिक्षकको विकासका लागि यो ऐतिहासिक सम्झौता भएको तर्क गरे ।

सम्झौता अनुसार एन्फा र एपीएफ स्कुल फुटबल एकेडेमीले संयुक्त रूपमा प्रत्येक वैकल्पिक वर्षमा युवा खेलाडीहरूलाई सहयोग पुर्‍याउँनेछ । जसमा एन्फा र एपीएफ एकेडेमीको प्राविधिक टोलीले २१ खेलाडी छान्नेछ ।

उनहरुमध्ये १४ खेलाडीलाई एन्फा र एपीएफले स्पोनसर गर्नेछ । दुवै पक्षले कक्षा १२ पूरा नहुँदासम्म ती खेलाडीहरुको शैक्षिक लागत बेहोर्ने एन्फाले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १० : ०१ बजे

‘जिन्दगीमा हार जित भइरहन्छ’ भन्दै एमाले महासचिवले रास्वपा सिंगो टिमलाई दिए बधाई

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आम निर्वाचनमा जितको

महेश बस्नेत पराजित भएको भक्तपुर-२ मा शोभा पाठकलाई १९ मत

काठमाडौं – भक्तपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा

समानुपातिकमा पनि रास्वपाकै वर्चस्व, कांग्रेस दोस्रो, राप्रपासँग एमालेको प्रतिस्पर्धा

काठमाडौं – प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फ हालसम्म ४६,०२० मत गणना

नेमकिपाको किल्ला भक्तपुर–१ मा रास्वपा विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय

चितवनमा रवि : तीन वर्षमा तेस्रो जित, निरन्तर आफ्नै रेकर्ड ब्रेक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले तीन