जनता आवास कार्यक्रममा प्रदेश सरकारको लापरवाही : नेता साह « Khabarhub

जनता आवास कार्यक्रममा प्रदेश सरकारको लापरवाही : नेता साह


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता प्रभु साहले प्रदेश नं. २ का आठ वटै जिल्लामा दलित समुदायको घर निर्माणका लागि जनता आवास कार्यक्रम प्रभावकारी हुनुपर्ने बताएका छन् ।

जिल्ला सदरमुकाम गौरमा आज आयोजित दलित अगुवा कर्याकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश नं २ का अध्यक्ष समेत रहेका साहले संघीय सरकारले तीन वर्षदेखि पठाएको अर्बौं रकमले कति दलितको घर निर्माण भयो भन्दै प्रदेश सरकारसंँग जवाफ मागेका छन् ।

“घरवारविहीन दलित समुदायको घर निर्माणका लागि संघीय सरकारले अर्बौं रकम तीन वर्षदेखि पठाएको छ”, सांसद साहले भने, “तर प्रदेश सरकारको लापरवाहीले दलित समुदायका घर बन्न सकेको छैन ।”

प्रदेश सरकार जनताको शिक्षा, स्वास्थ्य, आवास, रोजगार जस्ता समस्या समाधान गर्न असमर्थ रहेको  समेत उनले आरोप लगाए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ७ : २७ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ