शिक्षक श्रेष्ठ ‘हत्या’बारे विप्लव नेकपाले भन्यो : प्रतिकारका क्रममा ज्यान गयो  « Khabarhub

शिक्षक श्रेष्ठ ‘हत्या’बारे विप्लव नेकपाले भन्यो : प्रतिकारका क्रममा ज्यान गयो 


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठ ‘हत्या’को जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ ।

नेकपाको मेची–कोशी ब्यूरोले प्रेस वक्तव्य जारी गर्दै शिक्षक श्रेष्ठको मृत्यु प्रतिकारका क्रममा भएको दाबी गरेको हो ।

मेची–कोशी ब्यूरो इन्चार्ज प्रतापद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ- ‘उनलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु हुन गएको सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको शव आज मिक्लाजुङ गाउँपालिका–१ को जंगलमा विभत्स अवस्थामा भेटिएको थियो ।

शिक्षक श्रेष्ठसँग नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले चन्दा मागेको उनको परिवारले बताएको छ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ८ : २३ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ