दुरुपयोग नहुने गरी गाँजामाथिको प्रतिबन्ध हटाउन माग « Khabarhub

दुरुपयोग नहुने गरी गाँजामाथिको प्रतिबन्ध हटाउन माग


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले औषधीय गुणले युक्त जडीबुटी गाँजामाथिको प्रतिबन्ध खुला गरिनुपर्नेमा जोड दिएका छन् ।

विश्व हिन्दू युवा सङ्घले आज पशुपतिस्थित मृगस्थलीमा आयोजना गरेको पूर्वीय दर्शन विषयक प्रवचन कार्यक्रममा उनले गाँजा खेतीबाट आर्थिक समुन्नति र मानव जीवनको रक्षासमेत हुने भएकाले यसको प्रतिबन्ध हट्नुपर्ने बताएका हुन् ।

विगतमा अमेरिकाले गाँजा खेती नगर्न दबाब दिएकैले निषेधात्मक व्यवस्था भएको उल्लेख गर्दै पूर्वगृहमन्त्रीसमेत रहेका नेता निधिले दुरुपयोग भने हुन नदिनेतर्फ सचेत हुनुपर्ने बताए ।

वाग्मती प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री एवं प्रदेशसभा सदस्य केशव स्थापितले गाँजाको प्रतिबन्ध खुला गरे प्रत्येक नेपाली करोडपति बन्न सक्ने भएकाले निषेधको कानून संशोधन गर्न संसदमा प्रस्ताव दर्ता भएको सुनाए ।

एक किलोको रु ५० लाखसम्म पर्ने औषधीय गुणले युक्त वनस्पतिलाई खुला गरेर देशले आर्थिक समृद्धि हासिल गर्नसक्ने उनको भनाइ थियो ।

आफूले औषधिका रुपमा प्रयोग गरेकाले गाँजा खुला हुनुपर्ने अभियानमा लागेका अभियानकर्मी राजीव काफ्लेले हाल प्रचलनमा रहेको कानूनले पनि औषधि र साधुसन्तलाई गाँजा प्रयोगमा छुट दिएको सुनाए ।

वाचन प्रवीण दीनबन्धु पोखरेलले गाँजालाई जडीबुटीका रुपमा खुला गर्न दिए अर्थतन्त्र सुदृढ हुने बताए ।

कार्यक्रममा सङ्घका अध्यक्ष ऋषिकेशजङ्ग शाह, त्रिमूल पार्टीका महासचिव स्वामी तथागत, स्वामी व्याघ्र वेदनाथलगायतका वक्ताले गाँजाभन्दा धेरै लागुपदार्थ बजारमा खुलमखुला बिक्री वितरण भइरहेकामा औषधीय गुणले युक्त वनस्पति गाँजामाथिको प्रतिबन्ध छिटो हटाइनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ९ : २९ बजे

भोल‍िबाटै सरकार विस्तारको गृहकार्य सुरु हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिबाटै सरकार विस्तारको गृहकार्य सुरु

राहदानी विवादमा मुछिएका लामिछानेविरुद्ध मुद्दा नचल्ने

काठामडौँ- महान्यायाधिवक्ताको कार्यालयले राहदानी विवादमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दा

वीरगञ्जमा ई–रिक्सामा लागूऔषध तस्करी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ- ई–रिक्सामा लागूऔषध तस्करी गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ

कोलम्बियामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ- कोलम्बियामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार चार जनाको

पाँच डिआइजी एआइजीमा बढुवा

काठमाडौँ- मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको जनपद समूहतर्फको पाँच जना