दुरुपयोग नहुने गरी गाँजामाथिको प्रतिबन्ध हटाउन माग « Khabarhub

दुरुपयोग नहुने गरी गाँजामाथिको प्रतिबन्ध हटाउन माग


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले औषधीय गुणले युक्त जडीबुटी गाँजामाथिको प्रतिबन्ध खुला गरिनुपर्नेमा जोड दिएका छन् ।

विश्व हिन्दू युवा सङ्घले आज पशुपतिस्थित मृगस्थलीमा आयोजना गरेको पूर्वीय दर्शन विषयक प्रवचन कार्यक्रममा उनले गाँजा खेतीबाट आर्थिक समुन्नति र मानव जीवनको रक्षासमेत हुने भएकाले यसको प्रतिबन्ध हट्नुपर्ने बताएका हुन् ।

विगतमा अमेरिकाले गाँजा खेती नगर्न दबाब दिएकैले निषेधात्मक व्यवस्था भएको उल्लेख गर्दै पूर्वगृहमन्त्रीसमेत रहेका नेता निधिले दुरुपयोग भने हुन नदिनेतर्फ सचेत हुनुपर्ने बताए ।

वाग्मती प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री एवं प्रदेशसभा सदस्य केशव स्थापितले गाँजाको प्रतिबन्ध खुला गरे प्रत्येक नेपाली करोडपति बन्न सक्ने भएकाले निषेधको कानून संशोधन गर्न संसदमा प्रस्ताव दर्ता भएको सुनाए ।

एक किलोको रु ५० लाखसम्म पर्ने औषधीय गुणले युक्त वनस्पतिलाई खुला गरेर देशले आर्थिक समृद्धि हासिल गर्नसक्ने उनको भनाइ थियो ।

आफूले औषधिका रुपमा प्रयोग गरेकाले गाँजा खुला हुनुपर्ने अभियानमा लागेका अभियानकर्मी राजीव काफ्लेले हाल प्रचलनमा रहेको कानूनले पनि औषधि र साधुसन्तलाई गाँजा प्रयोगमा छुट दिएको सुनाए ।

वाचन प्रवीण दीनबन्धु पोखरेलले गाँजालाई जडीबुटीका रुपमा खुला गर्न दिए अर्थतन्त्र सुदृढ हुने बताए ।

कार्यक्रममा सङ्घका अध्यक्ष ऋषिकेशजङ्ग शाह, त्रिमूल पार्टीका महासचिव स्वामी तथागत, स्वामी व्याघ्र वेदनाथलगायतका वक्ताले गाँजाभन्दा धेरै लागुपदार्थ बजारमा खुलमखुला बिक्री वितरण भइरहेकामा औषधीय गुणले युक्त वनस्पति गाँजामाथिको प्रतिबन्ध छिटो हटाइनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ९ : २९ बजे

छोटो समयमै मुलुकलाई परिवर्तन गर्ने क्षमता राप्रपामा छ : राजेन्द्र लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको समस्याको समाधान

इंग्ल्याण्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको

आदिवासी जनजातिको हकहित स्थापित गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले आदिवासी जनजाति समुदायको हकहित र अधिकार

अन्तर्राष्ट्रिय डेरी एक्पो भरतपुरमा शुरु

काठमाडौं– चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय डेरी एक्पो शुरु भएको छ ।  

इंग्ल्याण्डको छैठौँ विकेट पतन, नन्दन यादवले लिए ह्यारी ब्रुकको विकेट

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको