सेनाले जितगढी भिक्ट्री म्याराथन आयोजना गर्ने « Khabarhub

सेनाले जितगढी भिक्ट्री म्याराथन आयोजना गर्ने


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– नेपाली सेनाले सेनाको इतिहास प्रवर्द्धन, रुपन्देहीको बुटवलस्थित जितगढी किल्लाको संरक्षण, प्रचारप्रसार तथा नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउने उद्देश्यले ‘भिक्ट्री म्याराथन तथा युनिटी रन’ आयोजना गर्ने भएको छ ।

सेनाले यही पुस २७ गते राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा मध्य पश्चिम पृतना बुटवलको संयोजकत्वमा पुरुष तथा महिला म्याराथन प्रतियोगिता गर्न लागेको हो ।

नेपालको राष्ट्रिय पहिचानका रुपमा रहेका गढी एवम किल्लालाई व्यवस्थित गर्न तथा तिनको जगेर्ना गर्न प्रतियोगिता आयोजना गर्न लागेको सेनाले जनाएको छ ।

नेपाल एकीकरणको क्रममा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले बुटवलको जितगढी, नुवाकोटको नुवाकोटगढीलगायत स्थानमा भएको आक्रमणलाई विफल पारी विजय हासिल गरेकाले नेपाली सेनाको इतिहासमा बुटवलको जितगढी तथा नुवाकोटगढीको विशेष महत्व रहेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगितामा पुरुष तथा महिला म्याराथनतर्फ पहिलो हुनेले रु एक लाख, दोस्रो हुनेले रु ५० हजार तथा तृतीय हुनेलाई रु २५ हजार पुरस्कार प्रदान गरिनेछ । पुरुष तथा महिला हाफ म्याराथनतर्फ पहिलोले रु रु ५० हजार, दोस्रोले रु २५ हजार, तृतीयले रु १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । उक्त प्रतियोगिताबाट जनमानसमा देशभक्तिको भावना पैदा हुने तथा नेपाल भ्रमण वर्षलाई मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ६ : ०१ बजे

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको

शहीद उमेशकी आमा भन्छिन् : छोराको निधनपछि मन आत्तिएको छ, सरकारले जनाताको भलो गरोस्

काठमाडौं– जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश महतको

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम