जाडोमा सवारी साधानको इन्जिन स्टार्ट किन ढिला हुन्छ, समाधानको उपाय के ? « Khabarhub

जाडोमा सवारी साधानको इन्जिन स्टार्ट किन ढिला हुन्छ, समाधानको उपाय के ?


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जाडो मौसममा अझ विहानीको समयमा सवारी साधनको इन्जिन स्टार्ट ढिलो हुने समस्या प्रायः सवारी चालकले भोग्दै आएको पाइन्छ ।

खासगरी बाहिरै पार्किङ गर्नुपर्ने सवारी साधनमा यस्तो स्टार्ट हुन समय लाग्ने समस्या देखिन्छ ।  इन्जिन, ब्याट्रीका कारण पनि सवारी साधन स्टार्ट नहुन सक्छ ।

मेकानिकल इन्जिनियर निर्मल कार्की भन्छन्– जाडोमा सवारी साधन स्टार्टमा ढिलाइ हुनुको प्रमुख समस्या इन्जिनमा पर्ने तापक्रमको असर नै हो ।

उनले मोबिल जम्नाले, इन्धन लाइनमा पानी जम्नाले, कार्बोरेटर भएका गाडी र ब्याट्री डेड हुने समस्याका कारण सवारी साधनको स्टार्ट ढिला हुने बताए ।

तापक्रममा आउने उतारचढावका कारण ब्याट्रिमा रासायनिक प्रतिक्रिया भई ब्याट्री डेड हुने समस्या देखिनसक्छ । अत्यधिक जाडो भएको अवस्थामा नयाँ ब्याट्रीको पावरसमेत छोटो समयमै कम हुने उनले बताए ।

चिसोमा इन्जिन फ्रिज भएर मात्र नभई अन्य समस्याका कारण पनि स्टार्ट नहुन सक्छ ।

चिसोले इन्जिन स्टार्ट नभएको अवस्थामा बाइकमा रहेको चोक तानेर स्टार्ट गर्न सकिन्छ । इन्जिन स्टार्ट भइसकेपछि पनि २–३ मिनेट न्यूट्रलमा छाड्नुपर्छ जसले इन्जिनलाई सामान्य अवस्थामा फर्काउन सघाउँछ ।

यसका अलावा नियमित सर्भिसिङ गर्ने कुरालाई भने भुल्नु हुँदैन ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ७ : ३६ बजे

थाइल्यान्डको एक पार्कमा घातक भाइरस सङ्क्रमण, दर्जनौँ बाघ मरे

एजेन्सी– पछिल्लो हप्तामा उत्तरी थाइल्यान्डमा रहेको एक निजी पशु पार्कमा

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा

वैदेशिक व्यापारका सात महिना : नौ खर्ब पचास अर्ब घाटा

काठमाडौं– चालु आर्थिक वर्षको प्रथम सात महिनामा १२ खर्ब ९१

युक्रेनी सीपमा युरोपको लगानी

एजेन्सी– रुस–युक्रेन युद्धले बदलिएको आधुनिक युद्ध प्रविधिबाट सिक्दै पाँच युरोपेली

रास्वापाले चुनाव भाँड्न खोज्यो : एमाले

काठमाडौं- नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामाथि चुनाव भाँड्न खोजेको