रियल मड्रिड स्पेनिस सुपरकपको फाइनलमा « Khabarhub

रियल मड्रिड स्पेनिस सुपरकपको फाइनलमा


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति साउदी अरेबियामा भएको खेलमा भ्यालेन्सियालाई ३–१ गोल अन्तरले हराउँदै रियल सुपर कपको फाइनलमा प्रवेश गरेको हो ।

रियलको जितमा टोनी क्रुस, ईस्को र लुका मोड्रिचले गोल गरेका थिए । भ्यालेन्सियाका लागि ड्यानी पारिजोले पेनाल्टीमा एक गोल फर्काएका थिए ।

खेलमा अग्रता रियलले १५ औ मिनेटमा क्रुसको गोलबाट लिएको थियो । ईस्कोले ३९ औ मिनेटमा रियलको अग्रता दोब्बर बनाउने काम गरे ।

लुका जोभिकको पासलाई सदुपयोग गर्दै ६५ औं मिनेटमा लुका मोड्रिचले रियलका लागि तेस्रो गोल गरे ।

खेलको अन्तिम मिनेटमा पारिजोले पेनाल्टीमा गोल गर्दै भ्यालेन्सियाको हार अन्तर घटाउने काम गरे ।

दोस्रो सेमिफाइनलमा बिहिबार बार्सिलोनाले एट्लेटिको मड्रिडसंग प्रतिस्पर्धा गर्नेछ । विजेता टोलीसंग रियलले आईतबार उपाधिका लागि खेल्नेछ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ७ : ५८ बजे

बाग्मती सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व संकलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो

इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र

काठमाडौं- लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको

राखेप र एन्फाबीचको विवादले नेपाली फुटबल क्षेत्रमै असर पार्‍यो : अध्यक्ष तुलाधर

काठमाडौं– संकटा फुटबल क्लबले विदेशी खेलाडीहरूको श्रम स्वीकृति सम्बन्धी विषय

ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलडमरु खुला नगरे इरानका