रियल मड्रिड स्पेनिस सुपरकपको फाइनलमा « Khabarhub

रियल मड्रिड स्पेनिस सुपरकपको फाइनलमा


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति साउदी अरेबियामा भएको खेलमा भ्यालेन्सियालाई ३–१ गोल अन्तरले हराउँदै रियल सुपर कपको फाइनलमा प्रवेश गरेको हो ।

रियलको जितमा टोनी क्रुस, ईस्को र लुका मोड्रिचले गोल गरेका थिए । भ्यालेन्सियाका लागि ड्यानी पारिजोले पेनाल्टीमा एक गोल फर्काएका थिए ।

खेलमा अग्रता रियलले १५ औ मिनेटमा क्रुसको गोलबाट लिएको थियो । ईस्कोले ३९ औ मिनेटमा रियलको अग्रता दोब्बर बनाउने काम गरे ।

लुका जोभिकको पासलाई सदुपयोग गर्दै ६५ औं मिनेटमा लुका मोड्रिचले रियलका लागि तेस्रो गोल गरे ।

खेलको अन्तिम मिनेटमा पारिजोले पेनाल्टीमा गोल गर्दै भ्यालेन्सियाको हार अन्तर घटाउने काम गरे ।

दोस्रो सेमिफाइनलमा बिहिबार बार्सिलोनाले एट्लेटिको मड्रिडसंग प्रतिस्पर्धा गर्नेछ । विजेता टोलीसंग रियलले आईतबार उपाधिका लागि खेल्नेछ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ७ : ५८ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना