दुर्घटनाग्रस्त युक्रेनी विमानको ब्ल्याक बक्स इरानले अमेरिकालाई नदिने « Khabarhub

दुर्घटनाग्रस्त युक्रेनी विमानको ब्ल्याक बक्स इरानले अमेरिकालाई नदिने


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानको तेहरानमा दुर्घटना भएको युक्रेनी विमानको ब्ल्याक बक्स फ्लाइट रेकर्डर इरानले नदिने भएको छ ।

इरानले अमेरिकी कम्पनी भएकाले बोइङ कम्पनी वा अमेरिकालाई नदिने बताएको हो ।

बुधबार इरानबाट युक्रेनको किएभका लागि उडेको युक्रेनी एयरलाइन्सको विमान उडान भरेको केहीबेरमै दुर्घटनामा परेको थियो । दुर्घटनामा विमान रहेका सबैको मृत्यु भएको थियो ।

युक्रेनी विमान बोइङ्ग ७३७–८०० तेहरान विमानस्थलबाट उडेको केही मिनेट दुर्घटना हुँदै सबैको मृत्यु भएको थियो ।

इरान र अमेरिकाबिच तनाव उच्च भएका बेला विमान दुर्घटना भएको हो । इरानले इराकमा रहेका अमेरिकी सैनिकलाई लक्षित गरेर मिसाइल आक्रमण गरेको केही घण्टापछि नै विमान दुर्घटना भएको थियो । तर अहिलेसम्म मिसाइल आक्रमण र विमान दुर्घटनाबिच सम्बन्ध रहेको भन्ने कुनै प्रमाण भेटिएको छैन ।

युक्रेनी विमान अमेरिकी निर्माता कम्पनी बोइङ्गको हो । यस्तोमा दुर्घटनाको अनुसन्धान अमेरिकाको यातायात सुरक्षा बोर्डको नेतृत्वमा हुने पर्ने हो । तर इरानले ब्ल्याक बक्स अमेरिका वा बोइङ्गलाई नदिने बताएपछि त्यसको सम्भावना नरहेको देखिएको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ८ : ०४ बजे

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न

मापदण्डविपरीत चिल्लो पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बेच्न रोकियो

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना

प्रधानमन्त्रीले प्रशंसा गर्दै भनिन् : चुनाव सफल बनाइदिनु भयो, प्रचण्डको जवाफ : निर्वाचन नहुँदा मुलुक दुर्घटनामा जान्थ्यो

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल