महानगर कप भलिबल : उपाधिका लागि ललितपुर र चन्द्रागिरि भिड्ने « Khabarhub

महानगर कप भलिबल : उपाधिका लागि ललितपुर र चन्द्रागिरि भिड्ने


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जारी महानगर कप महिला भलिबलको उपाधिका लागि आज ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिका भिड्ने भएका छन् ।

ललितपुरले गोकर्णेश्वर नगरपालिकालाई ३–० सेटले तथा चन्द्रागिरिले विदुर नगरपालिकालाई ३–० सेटले नै पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

ललितपुरको जाउलाखेलस्थित जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बुधबार भएको सेमिफाइनल खेलमा ललितपुरले गोकर्णेश्वरलाई २५–१३, २५–१३ र २५–१६ अङ्कले हराएर फाइनलमा प्रवेश गरेको हो । दोस्रो सेमिफाइनलमा चन्द्रागिरिले विदुरलाई २५–१४, २५–१३ र २५–१६ अङ्कले पराजित गरी फाइनलमा पुगेको हो ।

यस्तै महिला भलिबलतर्फ तेस्रो स्थानका लागि भएको खेलमा गोकर्णेश्वर ३–१ सेटले विजयी भयो । गोकर्णेश्वरले सो खेल २३–२५, २५–१५, २५–१० र २५–१७ अङ्कले हराएको प्रतियोगिता प्रचारप्रसार उपसमितिका संयोजक निलम बज्राचार्यले जानकारी दिए ।

यसैगरी पुरुष भलिबलतर्फ चौतारा नगरपालिका, महालक्ष्मी नगरपालिका, ललितपुर महानगरपालिका र कमलामाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलमा चौताराले बनेपा नगरपालिकालाई २३–१९, २५–१७ र २५–२१ अङ्कले हराउँदै सेमिफाइनको यात्रा तय गरेको हो ।

यस्तै महालक्ष्मीले गोकर्णेश्वरलाई २२–२५, २३–२५, २५–१९, २५–२१ र १५–१२ अङ्कले पराजित गरी अन्तिम चारका लागि स्थान पक्का गरेको हो । अर्को क्वाटरफाइनलमा आयोजक ललितपुर महानगरपालिकाले कागेश्वरीलाई २२–२५, २५–२०, २५–१६ तथा २५–१३ अङ्कले हराएर सेमिफाइनल पुगेको हो ।

अन्तिम क्वाटरफाइनलमा कमलामाईले पनौती नगरपालिकालाई २५–१८, २५–२० र २६–२४ अङ्कले हराएर सेमिफाइनल प्रवेश गरेको संयोजक बज्राचार्यले बताउनुभयो । चौतारा र महालक्ष्मीबीच तथा ललितपुर र कमलामाईबीच आज सेमिफाइनल खेल हुनेछ ।

ललितपुर महानगरपालिकाले आफ्नो १०१औँ स्थापना दिवसका अवसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा पुरुषतर्फ १३ तथा महिलातर्फ आठ नगरपालिका सहभागी छन् । पुरुष तथा महिला भलिबलका विजेताले दुई लाख, उपविजेताले एक लाख, तेस्रो हुनेले ५० हजार र तथा चौथो हुनेले २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

पुरुष र महिलातर्फ सर्वोकृष्ट हुने खेलाडीलाई १० हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ९ : ०५ बजे

भारतमा प्रहरीले भ्यानमा बाँधेर एक जनालाई निर्घात कुटेको भिडियो भाइरल, कारण यस्तो

काठमाडौं- भारतको गुजरातमा प्रहरीले एक जनालाई बीच सडकमा भ्यानमा बाँधेर

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली