समयसँगै फेरिन नसकेको नेपाल पुलिस क्लब ! | Khabarhub Khabarhub

समयसँगै फेरिन नसकेको नेपाल पुलिस क्लब !



काठमाडौं- नेपालको शीर्ष डिभिजनको फुटबल लिगमा कुनै समय विभागिय टीम नेपाल पुलिस क्लब अग्रपङ्तिमा थियो । खेलाडीका लागि आकर्षण, दर्शकको राम्रो साथ र मैदानमा पनि उत्तिकै उत्कृष्ट नतिजा ।

पुलिस क्लब आजभन्दा ठीक १३ बर्ष अगाडि पहिलो पटक लिग च्याम्पियन बनेको थियो । २०६३ सालमा । त्यतिबेलाका पुलिस क्लबका उत्कृट खेलाडी थिए, हरि खड्का, अनन्त थापालगायत । घरेलु लिगमा मात्रै होइन्, पुलिस क्लबले अन्तर्राष्ट्रिय स्तरमा पनि राम्रै गरिरहेको थियो ।

राष्ट्रिय टोलीका अधिकाशं खेलाडी पुलिसमै हुन्थे । नभएका खेलाडी पनि पुलिसमा आवद्ध हुने चाहना राख्थे । त्यसको कारण उसले खेलाडीलाई दिएको सेवा, सुविधा र प्राविधिक रुपमा विभागीय टोलीको अब्बलता नै हो ।

यो एक दशकमा विश्व फुटबल फेरियो । कति नियम फेरिए । खेल प्राविधिक बन्यो । समयसँगै नेपाली फुटबल पनि अगाडि बढ्यो । क्लबहरुले विदेशी खेलाडी टोलीमा राख्नै पर्ने जस्ता नियम अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि बनायो ।

तर, विभागीय टोली नेपाल पुलिस फेरिन सकेन । कुनै समय लिगमा सर्वोच्चता कायम गर्न सफल पुलिस अहिले लिगको अंकतालिकामा मध्यतिर अडिन खोजिरहेको छ । यसलाई विभागीय टोलीले समयसँग फेरिन नसक्नुको कारण पनि मान्न सकिने फुटबल जानकार बताउँछन् ।

यस विषयमा तत्कालीन पुलिस क्लबका खेलाडी तथा बर्तमान प्रशिक्षक अनन्त थापा पनि सहमत देखिन्छन् । थापालाई अहिलको फुटबल र त्यो समयको नेपाली फुटबलमा ‘ड्यास्टिक चेन्ज’ महसुस भएको छ ।

थापा समयसँगै नेपाली फुटबल पनि परिवर्तन भएको बताउँछन् । त्यो समयमा इन्टरनेटको प्रयोग गर्नेकुरा सम्भव पनि नभएको बताएका उनले अहिले खेलाडीहरु प्राविधिक रुपमा अब्बल हुँदै गएको बताउँछन् ।

आधुनिकताले छोएको समाजमा फुटबलले पनि नयाँ रुप लिएको उनको भनाई छ । ‘पहिले २०६०, ०६१, ०६२, ०६३ मा भएको खेलमा पुलिस अब्बल थियो ।

०६३ मा त पुलिसले लिग नै जितेको थियो । त्यो र अहिलेको ‘सिनारियो’ मा आमूल परिवर्तन आएको छ,’ प्रशिक्षक थापाले भने, ‘प्राविधिक कुरामा पनि त्यो समयको फुटबल र अहिलेको फुटबल धेरै परिवर्तन भएको छ ।’

थापाले विभागीय टोलीमा अहिले खेलाडीको रुचि घट्नुका पछाडि व्यवसायिकता पनि रहेको हुनसक्ने आँकलन गरेका छन् । खेलाडीको सेवा सुविधाका कुराहरुमा पनि अहिले अन्य क्लबहरुले राम्रो उपलब्ध गराउँदै गएको जस्ता कुराहरु पनि कारक हुन सक्ने संकेत गरेका छन् ।

उनले आफ्नो पुस्ता मैदानमा खेलिरहँदा तलब लगायतका कुरामा पनि अन्य क्लब र पुलिसबीच समानता हुने गरेको बताए । ‘पहिले पुलिस क्ल्बले तलव ३ हजार दिन्थ्यो भने थ्रीस्टारमा पनि ३ हजार नै हुन्थ्यो,’ थापाले भने ।

०६३, ०६६–०६७ र २०६८ मा गरि पुलिस क्लबले ए डिभिजन लिगमा ह्याट्रिक गरेको थियो । तर, त्यसपछि भने पुलिस क्लब लिग च्याम्पियन बन्न सकेको छैन् । त्यसपछि २०६९ र २०७० मा लिग भएपनि त्यसपछिका ५ बर्ष ए डिभिजन लिग हुन सकेको थिएन ।

गत बर्षबाट फर्किएको लिगमा पुलिस अघिल्लो बर्ष पाँचौ स्थानमा थियो भने यस सिजनमा पनि विभागीय टोलीले शीर्ष ६ मा पर्ने लक्ष्य बनाएको प्रशिक्षक थापाले बताए ।

‘यो सिजनमा हामीले शीर्ष ६ लाई लक्ष्य बनाएका छौं । त्यो भन्दा राम्रो गर्न सके शीर्ष पहिलो, दोस्रो र तेस्रोमा ‘फिनिस’ गछौं,’ थापाले भने ।

प्रशिक्षक थापा अहिले विभागीय टोलीभन्दा बाहिरका क्लबहरुले पनि राम्रो तयारी गरिरहेकाले पुलिसलाई असहज भएको बताउँछन् । ‘अहिले अरु टिमहरु पनि बलियो हुँदै आएका छन् । उनीहरु पनि फुटबलमा लागि सकेपछि शीर्ष स्थानमा पुग्ने लक्ष्यसहित आइरहेका छन्,’ थापाले अगाडि भने, ‘त्यो भएर पनि विभागीय टीमलाई गाह्रो भएको होकी जस्तो लाग्छ ।’

स्टार खेलाडीको जमघट हुने पुलिस क्लब अहिले मिश्रित रहेको मिडफिल्डर भोला सिलवालले बताए । अहिले पुलिसमा २–३ जना अनुभवी खेलाडी छन् २–३ जना राष्ट्रिय टोलीका त अधिकाशं खेलाडी नयाँ छन् ।

‘सबैलाई लिग जित्नु पर्छ भन्नेमा छन् । तर, पछिल्लो समय जित्न सकिरहेको छैन्,’ भोला सिलवालले भने,‘अहिले हामी जुन गतिमा छौं । त्यसै अनुसार अगाडि बढ्न सकेपनि हामीले लिग जित्ने सम्भावना बाँकी नैछ ।’

अहिले चाहेको जस्तो नतिजा किन आउन सकेन भन्ने प्रश्नमा भोलाले देखेको समस्यामध्येको एक हो, ‘सीमित खेलाडी ।’

‘लिग लामो समय चल्छ । खेलाडी सीमित छन् । त्यसैले खेलाडी घाइते हुने समस्या पनि हुन्छ । पहिलेको जस्तो प्रशस्त खेलाडी छैनन् । त्यसैले पनि केही कम भएको हो । तर, पुरा कमजोर भइसकेको चाँही छैन् ।’

भोलाले पुलिस क्लबले मोफसलमा राम्रो गरिरहेको बताउँदै लिगमा मात्रै रिजल्ट आउन नसकेको बताए ।

पाँचौ चरणका खेल चलिरहँदा नेपाल पुलिस क्लब पाँचौ स्थानमा छ । पुलिसले ५ खेल खेल्दै २ मा जीत हात पार्दा २ खेलमा बराबरी र एक खेलमा हार व्यहोर्दै ८ अंक जोडेको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  १० : २६ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको