पौराणिक कथनः पार्वतीका कारण बन्यो समुद्रको पानी नुनिलो ! « Khabarhub

पौराणिक कथनः पार्वतीका कारण बन्यो समुद्रको पानी नुनिलो !


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिव पुराणका अनुसार एक पटक देवी पार्वती महादेवलाई पतिका रुपमा पाउन भनि घोर तपस्यामा थिइन् ।

उनको तपस्याको तेज यतिधेरै थियो कि देवलोकमा बसेका देवताको समेत सिंहासन डगमगाएको थियो । जसका कारण देवता भयभीत भए । यसरी देवलोक सिंहासन डगमगाएपछि सम्पूर्ण देवता यस समस्याको समाधान खोज्न तर्फ लागे । तर समुन्द्र देव भने देवी पार्वतीको रुप देखि मोहित भए ।

केही समयपछि देवी पावर्तीको तपस्या पूर्ण भयो । तब समुन्द्रदेवले पार्वती समक्ष विवाहको प्रस्ताव राखे । तर देवी पार्वती विना क्रोधमा आई आफू महादेवसंग प्रेम गर्ने भन्दै उनैसित विवाह गर्ने र उनैलाई आफ्नो पति परमेश्वर मानिसकेको बताइन् ।

यो सुनेर समुन्द्र देव क्रोधित बने । उनले महादेवका बारेमा नराम्रो वचन बोले । उनले क्रोधमा भष्मधारी, आदिवासी महादेवसँग त्यस्तो के छ जो मसंग छैन भनी पार्वतीलाई प्रति प्रश्न गरे ? समुन्द्रले आफू सबै प्राणिको तिर्खा मेटाउने र आफ्नो चरित्र दूध जतिकै पवित्र रहेको बताउँदै पुनः विवाहको प्रस्ताव राखे ।

महादेव पति पाउ भनि तपस्यारत पावर्तीलाई समुन्द्र देवको यो प्रस्तावले चोट पु¥यायो । उनले आफूले पति ठानेका महादेवको तिरस्कार सहन सकिनन् र क्रोधमा आई समुन्द्र देवलाई श्राप दिइन् ।

उनले समुन्द्रलाई जुन पानीको मिठासका कारण तिमिमा यो घमण्ड आएको छ, त्यो नाश होस् र पानी नुनीलो होस् भन्ने श्राप दिइन् । देवी पार्वतीको श्रापद्वारा समुद्रको जल नुनीलो स्वादमा परिणत भयो ।

अर्काे एक पौराणिक कथाका अनुसार समुन्द्र मन्थनको प्रभावले पनि समुन्द्रको पानी नुनीलो भएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ८ : ११ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका