धुम्रपान गर्नुहुन्छ ? निम्त्याउँछ यस्ता २२ असरहरु « Khabarhub

धुम्रपान गर्नुहुन्छ ? निम्त्याउँछ यस्ता २२ असरहरु


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुम्रपान गर्ने अधिकांशलाई यसको सेवनले फोक्सोको क्यान्सर, मुटुरोग लगायत अन्य रोग लाग्दछ भन्ने थाहा छ । तर धुम्रपानमा हुने निकोटिनका कारण मानिसले यसको लत त्याग्न सक्दैनन् ।

आज हामी चाहेर पनि धुम्रपानको लत त्याग्न नसकेकाहरुलाई धुम्रपानबाट हुने २२ असरका बारेमा जानकारी दिँदैछौं । जसले यो धुम्रपानको लत त्याग्न चाहनेहरुका लागि मद्दत पुर्‍याउन सक्छ ।

१. हरेक वर्ष ७० लाखभन्दा बढी मानिसको मृत्यु धुम्रपानको सेवनका कारणले हुने गर्दछ ।
२. धुम्रपान गर्ने अधिकाशं मानिसमा फोक्सोको क्यान्सर हुने गर्दछ ।
३. अत्यधिक धुम्रपान गर्ने मानिसमा ढाड दुख्ने समस्या देखापर्छ ।
४. धुम्रपानको सेवनले मानिसमा चाँडै बुढ्यौलीपना ल्याउँछ ।
५. धुुम्रपान गर्ने मानिसमा छाला फुस्रो हुने, खुम्चने र पहेँलो हुने सम्भावना हुन्छ ।
६. धुम्रपानका कारण शरीरमो भिटामिन सी को मात्रा कम हुने गर्दछ ।
७. धुम्रपान गर्दा शरीरमा भित्रिने निकोटिनले रगतमा कोलेस्ट्रोललाई बढाउँछ ।
८. धुम्रपानको सेवनले दाँत र गिजा बिगार्नुका साथै मुखको अल्सर समेत हुुन्छ।
९. लामो समयदेखि धुम्रपान सेवन गर्नेहरुमा मोतिबिन्दु हुने उच्च जोखिम हुन्छ ।
१०. धुम्रपानले मुटुमा समेत गम्भिर असर पार्दछ ।
११. धुम्रपान गर्नेहरुमा रोगप्रतिरोधात्मक शक्ति कम हुन्छ ।
१२. धुम्रपानकर्तालाई मधुमेहको सम्भावना उच्च रहन्छ ।
१३. गर्भवती अवस्थामा आमाले धुम्रपान गरेका कारण बार्षिक हजारौ भ्रुणको मृत्यु हुन्छ ।
१४. धुम्रपान गर्ने महिलाहरुको महिनावारी नियमित हुदैन ।
१५. धुम्रपान गर्ने महिलामा बाँझोपनको समस्या उच्च रहन्छ ।
१६. नियमित चुरोट सेवन गर्नाले हड्डी कमजोर हुने गर्दछ ।
१७. लागुऔषध र मदिराभन्दा धुम्रपानमा हुने निकोटिनको लत त्याग्न नसकिने हुन्छ ।
१८. धुम्रपानको अत्यधिक सेवनले उच्च रक्तचाप र हृदयघातको सम्भावना बढी हुन्छ ।
१९. नियमित चुरोट सेवन गर्नेहरुमा यौन दुर्बलताको सम्भावना उच्च हुन्छ ।
२०. धुम्रपान गर्नेहरुमा श्रवण शक्ति कमजोर हुन्छ ।
२१. चुरोटको सेवनले थकान घटाउँदै बरु उल्टै बढाउँछ । साथै टाउको दुखाइ पनि बढ्छ ।
२२. धुम्रपान गर्नेहरुको आयु औसत भन्दा आठ वर्ष कम हुन्छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ९ : ०८ बजे

फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा

काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ-

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान