धुम्रपान गर्नुहुन्छ ? निम्त्याउँछ यस्ता २२ असरहरु | Khabarhub Khabarhub

धुम्रपान गर्नुहुन्छ ? निम्त्याउँछ यस्ता २२ असरहरु


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुम्रपान गर्ने अधिकांशलाई यसको सेवनले फोक्सोको क्यान्सर, मुटुरोग लगायत अन्य रोग लाग्दछ भन्ने थाहा छ । तर धुम्रपानमा हुने निकोटिनका कारण मानिसले यसको लत त्याग्न सक्दैनन् ।

आज हामी चाहेर पनि धुम्रपानको लत त्याग्न नसकेकाहरुलाई धुम्रपानबाट हुने २२ असरका बारेमा जानकारी दिँदैछौं । जसले यो धुम्रपानको लत त्याग्न चाहनेहरुका लागि मद्दत पुर्‍याउन सक्छ ।

१. हरेक वर्ष ७० लाखभन्दा बढी मानिसको मृत्यु धुम्रपानको सेवनका कारणले हुने गर्दछ ।
२. धुम्रपान गर्ने अधिकाशं मानिसमा फोक्सोको क्यान्सर हुने गर्दछ ।
३. अत्यधिक धुम्रपान गर्ने मानिसमा ढाड दुख्ने समस्या देखापर्छ ।
४. धुम्रपानको सेवनले मानिसमा चाँडै बुढ्यौलीपना ल्याउँछ ।
५. धुुम्रपान गर्ने मानिसमा छाला फुस्रो हुने, खुम्चने र पहेँलो हुने सम्भावना हुन्छ ।
६. धुम्रपानका कारण शरीरमो भिटामिन सी को मात्रा कम हुने गर्दछ ।
७. धुम्रपान गर्दा शरीरमा भित्रिने निकोटिनले रगतमा कोलेस्ट्रोललाई बढाउँछ ।
८. धुम्रपानको सेवनले दाँत र गिजा बिगार्नुका साथै मुखको अल्सर समेत हुुन्छ।
९. लामो समयदेखि धुम्रपान सेवन गर्नेहरुमा मोतिबिन्दु हुने उच्च जोखिम हुन्छ ।
१०. धुम्रपानले मुटुमा समेत गम्भिर असर पार्दछ ।
११. धुम्रपान गर्नेहरुमा रोगप्रतिरोधात्मक शक्ति कम हुन्छ ।
१२. धुम्रपानकर्तालाई मधुमेहको सम्भावना उच्च रहन्छ ।
१३. गर्भवती अवस्थामा आमाले धुम्रपान गरेका कारण बार्षिक हजारौ भ्रुणको मृत्यु हुन्छ ।
१४. धुम्रपान गर्ने महिलाहरुको महिनावारी नियमित हुदैन ।
१५. धुम्रपान गर्ने महिलामा बाँझोपनको समस्या उच्च रहन्छ ।
१६. नियमित चुरोट सेवन गर्नाले हड्डी कमजोर हुने गर्दछ ।
१७. लागुऔषध र मदिराभन्दा धुम्रपानमा हुने निकोटिनको लत त्याग्न नसकिने हुन्छ ।
१८. धुम्रपानको अत्यधिक सेवनले उच्च रक्तचाप र हृदयघातको सम्भावना बढी हुन्छ ।
१९. नियमित चुरोट सेवन गर्नेहरुमा यौन दुर्बलताको सम्भावना उच्च हुन्छ ।
२०. धुम्रपान गर्नेहरुमा श्रवण शक्ति कमजोर हुन्छ ।
२१. चुरोटको सेवनले थकान घटाउँदै बरु उल्टै बढाउँछ । साथै टाउको दुखाइ पनि बढ्छ ।
२२. धुम्रपान गर्नेहरुको आयु औसत भन्दा आठ वर्ष कम हुन्छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ९ : ०८ बजे

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को

सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

नेपालगञ्ज – बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई