इरानी आक्रमणमा अमेरिकी सैन्य अखडाका ७ भवनमा क्षति, स्याटेलाइट तस्वीर सार्वजनिक « Khabarhub

इरानी आक्रमणमा अमेरिकी सैन्य अखडाका ७ भवनमा क्षति, स्याटेलाइट तस्वीर सार्वजनिक


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरानद्वारा इराकमा रहेको अमेरिकी अड्डामा बुधवार मिसाइल आक्रमण गरेको थियो ।

इरानी जनरल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि त्यसको बदला लिनका लागि भन्दै इरानले इराकमा रहेको दुई अमेरिकी सैन्य अखडामा मिसाइल हमला गरेको थियो ।

इरानले इराकमा रहेको अमेरिकी अड्डामा २० भन्दा धेरै मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हमलापछि हवाइ अड्डाका केही तस्वीरहरु सार्वजनिक भएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार इरानको हमलामा बग्दादमा रहेको अमेरिकाको अल असद ए बेसको कुल ७ भवनमा क्षति पुगेको छ । यसका केही यस्ता भवन रहेका छन् जसमा सबैभन्दा धेरै नोक्सान भएको छ र त्यो स्याटेलाइट तस्वीरमा पनि देखिएको छ ।

प्लानेट ल्याब इंकको तर्फबाट उक्त एयरबेसको दुई स्याटालाइट तस्वीर सार्वजनिक गरिएको छ । जसले इरानी मिसाइलले गरेको असर देख्न सकिन्छ ।

यसअघि २५ डिसेम्बर पनि यो एयरबेसको केही तस्वीर सार्वजनिक भएको थियो । जसमा सबै भवनहरु सही देखिएको छ । तर ८ जनवरीको ताजा फोटोमा भने निकै क्षति देखिएको रोयटर्सले जनाएको छ ।

इरानले मिसाइल आक्रमणबाट ८० भन्दा बढी अमेरिकी सेना मेरेको दाबी गरेपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टेलिभिजन सम्बोधनमा भने इरानी आक्रमणमा कसैको पनि हताहती नभएको दबी गरेका छन् ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ११ : १८ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन