इरानी आक्रमणमा अमेरिकी सैन्य अखडाका ७ भवनमा क्षति, स्याटेलाइट तस्वीर सार्वजनिक « Khabarhub

इरानी आक्रमणमा अमेरिकी सैन्य अखडाका ७ भवनमा क्षति, स्याटेलाइट तस्वीर सार्वजनिक


२४ पुस २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरानद्वारा इराकमा रहेको अमेरिकी अड्डामा बुधवार मिसाइल आक्रमण गरेको थियो ।

इरानी जनरल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि त्यसको बदला लिनका लागि भन्दै इरानले इराकमा रहेको दुई अमेरिकी सैन्य अखडामा मिसाइल हमला गरेको थियो ।

इरानले इराकमा रहेको अमेरिकी अड्डामा २० भन्दा धेरै मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हमलापछि हवाइ अड्डाका केही तस्वीरहरु सार्वजनिक भएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार इरानको हमलामा बग्दादमा रहेको अमेरिकाको अल असद ए बेसको कुल ७ भवनमा क्षति पुगेको छ । यसका केही यस्ता भवन रहेका छन् जसमा सबैभन्दा धेरै नोक्सान भएको छ र त्यो स्याटेलाइट तस्वीरमा पनि देखिएको छ ।

प्लानेट ल्याब इंकको तर्फबाट उक्त एयरबेसको दुई स्याटालाइट तस्वीर सार्वजनिक गरिएको छ । जसले इरानी मिसाइलले गरेको असर देख्न सकिन्छ ।

यसअघि २५ डिसेम्बर पनि यो एयरबेसको केही तस्वीर सार्वजनिक भएको थियो । जसमा सबै भवनहरु सही देखिएको छ । तर ८ जनवरीको ताजा फोटोमा भने निकै क्षति देखिएको रोयटर्सले जनाएको छ ।

इरानले मिसाइल आक्रमणबाट ८० भन्दा बढी अमेरिकी सेना मेरेको दाबी गरेपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टेलिभिजन सम्बोधनमा भने इरानी आक्रमणमा कसैको पनि हताहती नभएको दबी गरेका छन् ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहिबार  ११ : १८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली