सामाजिक सञ्जालमा दीपकराज गिरी: राजनीतिक टिप्पणी र आफ्नो विज्ञापन « Khabarhub

सामाजिक सञ्जालमा दीपकराज गिरी: राजनीतिक टिप्पणी र आफ्नो विज्ञापन


२४ पुस २०७६, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

निर्माता/अभिनेता दीपकराज गिरी वर्षमा एउटा फिल्म लिएर आउँछन् । तर, उनी वर्षभरि नै चर्चामा रहन्छन् । यतिबेला दीपक आफ्नो नयाँ फिल्म ‘छक्का पञ्जा ४’ का कारण चर्चामा छन् ।

गिरीले सामाजिक सञ्जालमा तस्वीर खासै शेयर गर्दैनन् । तर उनले विचार भने सामाजिक सञ्जालमा राखिरहेका हुन्छन् । गिरीले प्रायः देशको राजनैतिक र समसामयिक विषयमा लेख्ने गर्छन् ।

यतिबेला इरान र अमेरिकाको बिग्रँदो सम्बन्ध र आफ्नो फिल्मको पनि प्रचार गर्ने हेतुले गिरीले एक स्टाटस लेखेका छन्, ‘छक्का पञ्जा ४ बनाउनुपर्‍यो भनेको विश्वयुद्ध ३ सँग मिति जुध्छ कि क्या हो ?’

गिरीले अर्को वर्षको दशैँको अवसर पारेर आफ्नो फिल्म रिलिज गर्ने घोषणा गरिसकेका छन् । यतिबेला इरान र अमेरिकाबीच बढ्दो तनावले विश्वयुद्ध नै शुरु हुन्छ कि भन्ने बहस पनि चल्न थालेको छ ।

यस्तै गिरीले सामाजिक सञ्जालमा राजनैतिक टिप्पणी पनि गर्ने गरेका छन् । केही दिनअघि उनले लेखे – ‘राजनैतिक परिवर्तन भनेको के हो?’

उत्तर पनि आफैले लेखे – ‘कम्युनिस्ट कम्यिुनिस्ट रहेनन, प्रजातान्त्रिक पार्टीमा प्रजातन्त्र रहेन ।’

त्यसो त गिरीले फिल्मबारे बहस पनि सामाजिक सञ्जालकै माध्यमबाट गर्ने गर्छन् । तर गिरीले पारिवारिक कुरा भने सामाजिक सञ्जालमा खासै पोस्ट गर्दैनन् । समसामयिक विषयमा भने गिरी सधै आफ्नो धारणा राखिरहेका हुन्छन् ।

गिरीले सरकारले सामाजिक सञ्जाल प्रयोगकर्तालाई नियन्त्रण गर्ने गरी ल्याउन लागिएको बहसमा पनि समर्थन जनाउँदै एक पोस्ट गरेका छन् ।

‘फेसबूक लगायतका सामाजिक सञ्जाल दुरुपयोगकर्तालाई तह लगाउन सरकारले नीति पास गरेको छ, त्यो अत्यन्त स्वागतयोग्य छ,’ गिरीको भनाइ छ, ‘लोकतन्त्रका नाममा मनपरीतन्त्र धेरै थियो, तर भविष्यमा यही कानूनलाई टेकेर विरोधी सिध्याउने अभिलाषा चाहिँ कसैमा नपलाओस् ।’

सामाजिक सञ्जालमा सक्रिय रहिरहने गिरी टिकटकमा पनि जोडिएका छन् । उनले कहिलेकाहीँ आफ्ना प्रशंसकलाई पनि रिप्लाइ गरिरहेका हुन्छन् ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहिबार  १२ : १७ बजे

औद्योगिक प्रदूषण कम गर्दै स्वच्छ ऊर्जा प्रयोगलाई बढाउने योजना अघि बढ्यो

काठमाडौँ– विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसनले नेपाल सरकारलाई औद्योगिक

झापामा भूमि समस्या समाधानको कामले गति लिँदै, ३३ परिवारले पाए लालपुर्जा

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गासम्बन्धी समस्या समाधानका

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण