सामाजिक सञ्जालमा दीपकराज गिरी: राजनीतिक टिप्पणी र आफ्नो विज्ञापन « Khabarhub

सामाजिक सञ्जालमा दीपकराज गिरी: राजनीतिक टिप्पणी र आफ्नो विज्ञापन


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

निर्माता/अभिनेता दीपकराज गिरी वर्षमा एउटा फिल्म लिएर आउँछन् । तर, उनी वर्षभरि नै चर्चामा रहन्छन् । यतिबेला दीपक आफ्नो नयाँ फिल्म ‘छक्का पञ्जा ४’ का कारण चर्चामा छन् ।

गिरीले सामाजिक सञ्जालमा तस्वीर खासै शेयर गर्दैनन् । तर उनले विचार भने सामाजिक सञ्जालमा राखिरहेका हुन्छन् । गिरीले प्रायः देशको राजनैतिक र समसामयिक विषयमा लेख्ने गर्छन् ।

यतिबेला इरान र अमेरिकाको बिग्रँदो सम्बन्ध र आफ्नो फिल्मको पनि प्रचार गर्ने हेतुले गिरीले एक स्टाटस लेखेका छन्, ‘छक्का पञ्जा ४ बनाउनुपर्‍यो भनेको विश्वयुद्ध ३ सँग मिति जुध्छ कि क्या हो ?’

गिरीले अर्को वर्षको दशैँको अवसर पारेर आफ्नो फिल्म रिलिज गर्ने घोषणा गरिसकेका छन् । यतिबेला इरान र अमेरिकाबीच बढ्दो तनावले विश्वयुद्ध नै शुरु हुन्छ कि भन्ने बहस पनि चल्न थालेको छ ।

यस्तै गिरीले सामाजिक सञ्जालमा राजनैतिक टिप्पणी पनि गर्ने गरेका छन् । केही दिनअघि उनले लेखे – ‘राजनैतिक परिवर्तन भनेको के हो?’

उत्तर पनि आफैले लेखे – ‘कम्युनिस्ट कम्यिुनिस्ट रहेनन, प्रजातान्त्रिक पार्टीमा प्रजातन्त्र रहेन ।’

त्यसो त गिरीले फिल्मबारे बहस पनि सामाजिक सञ्जालकै माध्यमबाट गर्ने गर्छन् । तर गिरीले पारिवारिक कुरा भने सामाजिक सञ्जालमा खासै पोस्ट गर्दैनन् । समसामयिक विषयमा भने गिरी सधै आफ्नो धारणा राखिरहेका हुन्छन् ।

गिरीले सरकारले सामाजिक सञ्जाल प्रयोगकर्तालाई नियन्त्रण गर्ने गरी ल्याउन लागिएको बहसमा पनि समर्थन जनाउँदै एक पोस्ट गरेका छन् ।

‘फेसबूक लगायतका सामाजिक सञ्जाल दुरुपयोगकर्तालाई तह लगाउन सरकारले नीति पास गरेको छ, त्यो अत्यन्त स्वागतयोग्य छ,’ गिरीको भनाइ छ, ‘लोकतन्त्रका नाममा मनपरीतन्त्र धेरै थियो, तर भविष्यमा यही कानूनलाई टेकेर विरोधी सिध्याउने अभिलाषा चाहिँ कसैमा नपलाओस् ।’

सामाजिक सञ्जालमा सक्रिय रहिरहने गिरी टिकटकमा पनि जोडिएका छन् । उनले कहिलेकाहीँ आफ्ना प्रशंसकलाई पनि रिप्लाइ गरिरहेका हुन्छन् ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  १२ : १७ बजे

राष्ट्रियसभाको बैठक सुरु 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको आजको

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा

सुनसान पोखराको सहिद पार्क (तस्बिरहरू) 

पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य