अगाडि गएर बोल्न डराउनुहुन्छ ? यसरी बढाउनुस् आत्मविश्वास « Khabarhub

अगाडि गएर बोल्न डराउनुहुन्छ ? यसरी बढाउनुस् आत्मविश्वास


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सामान्यतया मानिसलाई ठूला सभा समारोहमा मात्र नभइ स–साना कार्यक्रमहरुमै पनि अगाडी गएर के बोल्ने कसरी बोल्ने भन्ने कुराको डर लागिरहेको हुन्छ । अझ कहिल्यै नबोल्नेहरुले त झनै गाह्रो महशूस गर्ने गर्छन् ।

कहिलेकाँही अगाडी गएर बोल्नुपर्ने बाध्यता हुन्छ भने कहिलेकाही त्यो अवसर पनि आउँछ । तर अगाडी गएर बोल्दा बोली, खुट्टा, हात काप्ने, बोल्दा बोली बिग्रने जस्ता डरले पछाडी हटिरहनु भएको त छैन ।

डरलाई यसरी कम गर्नुस् :
१. अगाडी गएर बोल्ने कुरालाई मात्र दिमागमा राख्नुहोस् । समय भएमा संगीत सुन्ने या वरीपरिका व्यक्तिहरुसँग कुरा गर्ने, कार्यक्रममा मनोरञ्जनात्मक कार्य भएमा सहभागि हुने गर्नुस् । त्यसो गर्दा तपाईको दिमाग अन्यत्र बाडिन्छ र तपाई नर्भस हुनु भएको छ भने त्यसमा कमी आउँछ ।

२. सबैभन्दा पहिले भाषा र बोल्ने शब्द बिग्रने डर हुन्छ । हरेक व्यक्तिको विशेषता फरक–फरक हुन्छ । तपाईले अर्को व्यक्ति नै जसरी बोल्नुपर्छ भन्ने हुँदैन । त्यसकारण अरुको जस्तो देखिन्न कि भन्ने डरलाई त्याग्नुस् । नक्कल गर्न खोज्नुभएमा बिग्रने डर हुन्छ । आफ्नै शैलीमा प्रस्तुती दिनुभएमा आत्मविश्वास बढ्दै जान्छ ।

३. बोल्नका लागि अगाडी जानुभन्दा पहिले लामो श्वास लिने र फ्ँयाक्ने गर्नुस् । यसो गर्दा तपाईको दिामगलार्य शान्ति मिल्छ । त्यो एक किसिमको मेडिटेसन बन्छ र तपाईको दिमाग फ्रेस हुन्छ । जसले गर्दा डर पनि कम हुन्छ ।

४. प्रत्यक्ष सम्बन्ध नदेखिएपनि खाना र पोशाकले तपाईको प्रस्तुतीमा प्रभाव पार्छ । अतालिँदा कोही व्यक्तिलाई टाउको दुख्ने, पेट दुख्ने, रिंगटा लाग्ने जस्ता समस्या देखिन्छन् । स्वस्थ खाना र शरीरमा प्रशस्त मात्रामा पानीको मात्रा भएमा यी समस्या कम हुन्छन् । त्यस्तै समय र परिस्थितीअनुसारको पोशाक भएमा आत्मविश्वास आफैं बढ्ने गर्छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  २ : ५३ बजे

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

दुबईस्थित युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीलाई निशाना बनाएको इरानी दाबी

तेहरान- इरानको सेनाले संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको युक्रेनी ड्रोन

देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई