गाउँपालिकाको वडा कार्यालयमा राखिएको कुकर बम निष्क्रिय | Khabarhub Khabarhub

गाउँपालिकाको वडा कार्यालयमा राखिएको कुकर बम निष्क्रिय


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– नेपाली सेनाको बम डिस्पोजल टोलीले सिन्धुलीको मरिण गाउँपालिका–३ मथौलीमा फेला परेको शङ्कास्पद वस्तुलाई निष्क्रिय पारेको छ ।

सो गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा बुधबार फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले बिहीबार निष्क्रिय पारेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले शङ्कास्पद वस्तुलाई डिस्पोज गर्ने क्रममा ठूलो आवाजका साथ पड्किएकाले ‘प्रेसर कुकर बम’ हुनसक्ने जानकारी दिए ।

उनले निष्क्रिय टोली सदरमुकाम आएपछि थप जानकारी आउने बताए । सो वस्तु कसले राखेको हो भन्ने अझै पुष्टि हुनसकेको छैन । कार्यालयमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ३ : १३ बजे

बढ्दो प्रदूषण रोक्न सबै लागौँः उपसभामुख राना

काठमाडौं – उपसभामुख इन्दिरा रानाले नेपालमा वायु प्रदूषण बढिरहेको भन्दै

चिसो बढेपछि सिरक डसनाको कारोवारमा वृद्धि

इनरुवा – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का सफेउल मन्सुरी बिहानै

स्याङ्जामा एक जनाको शव फेला

काठमाडौं – स्याङ्जाको भिरकोटमा एक जनाको शव फेला परेको छ।

मेलम्चीको पानी सहजरूपमा वितरण गर्न मन्त्री यादवको निर्देशन

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकावासीका घरमा