‘म यस्तो गीत गाउँछु २’ को गीत: पूजाको दु:खमा साथ दिँदै पल (भिडियो) « Khabarhub

‘म यस्तो गीत गाउँछु २’ को गीत: पूजाको दु:खमा साथ दिँदै पल (भिडियो)


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा समावेश ‘दुःखको काँडा’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीत युट्युबमार्फत आज (बिहीवार) सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा सनिष श्रेष्ठको स्वर सुन्न सकिन्छ भने संगीत र शब्द अर्जुन पोखरेलको रहेको छ । यस्तै गीतमा महराज थापाको एरेन्ज छ ।

‘म यस्तो गीत गाउँछु’ को सफलतापछि पुनः पल शाह र पूजा शर्मालाई दोहोर्‍याएर निर्देशक थापाले दोस्रो भाग बनाएका हुन् । गीतको भिडियोमा पल शाह र पूजा शर्मालाई शीर्ष भूमिकामा देख्न सकिन्छ ।

लभस्टोरी यो फिल्ममा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा रजेन्द्र, सोनिका रोकाया लगायतका कलाकारले अभिनय गरेका छन् । यस्तै फिल्मलाई वनिष शाह र मिलन श्रेष्ठले निर्देशन गरेका हुन् ।

पूजा शर्मा र सुदर्शन थापाको लगानी रहेको फिल्मको कथा सुदर्शन थापाले लेखेका हुन् ।

फागुन २३ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको रिलिजअघि राम्रो चर्चा छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ४ : ३१ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।