‘म यस्तो गीत गाउँछु २’ को गीत: पूजाको दु:खमा साथ दिँदै पल (भिडियो) « Khabarhub

‘म यस्तो गीत गाउँछु २’ को गीत: पूजाको दु:खमा साथ दिँदै पल (भिडियो)


२४ पुस २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा समावेश ‘दुःखको काँडा’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीत युट्युबमार्फत आज (बिहीवार) सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा सनिष श्रेष्ठको स्वर सुन्न सकिन्छ भने संगीत र शब्द अर्जुन पोखरेलको रहेको छ । यस्तै गीतमा महराज थापाको एरेन्ज छ ।

‘म यस्तो गीत गाउँछु’ को सफलतापछि पुनः पल शाह र पूजा शर्मालाई दोहोर्‍याएर निर्देशक थापाले दोस्रो भाग बनाएका हुन् । गीतको भिडियोमा पल शाह र पूजा शर्मालाई शीर्ष भूमिकामा देख्न सकिन्छ ।

लभस्टोरी यो फिल्ममा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा रजेन्द्र, सोनिका रोकाया लगायतका कलाकारले अभिनय गरेका छन् । यस्तै फिल्मलाई वनिष शाह र मिलन श्रेष्ठले निर्देशन गरेका हुन् ।

पूजा शर्मा र सुदर्शन थापाको लगानी रहेको फिल्मको कथा सुदर्शन थापाले लेखेका हुन् ।

फागुन २३ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको रिलिजअघि राम्रो चर्चा छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहिबार  ४ : ३१ बजे

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस