प्रदेश ३ को राजधानी र नामका विषयमा ह्वीप जारी गर्ने तयारीमा नेकपा « Khabarhub

प्रदेश ३ को राजधानी र नामका विषयमा ह्वीप जारी गर्ने तयारीमा नेकपा


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– प्रदेश ३ को राजधानी र नामको विषयलाई लिएर विवाद बढ्दै गएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सांसदहरुलाई ह्वीप लगाउने भएको छ ।

पार्टीको सचिवालय बैठकले राजधानी हेडौंडा र नाम बागमती रहने गरी निर्णय गर्न निर्देशन जारी गरेपछि नेकपाका प्रदेश सांसदहरु विभाजित भएका छन् ।

राजधानीका विषयमा सहमति जनाउन भन्दै नेकपाले विहीबार प्रदेश संसदीय दलको बैठक बोलाएको थियो । बिहीबार बिहान करिब साढे ९ बजेदेखि बसेको बैठकले पनि नाम र राजधानीका विषयमा सर्वसम्मत निर्णय गर्न नसकेपछि शुक्रबार पुनः बैठक बोलाइएको छ ।

शुक्रबार बिहान ११ बजे बस्ने गरी बोलाइएको संसदीय दलको बैठकमा पनि सहमति नजुटे पार्टीले ह्वीप जारी गर्ने संभावना रहेको नेकपाको ३ नम्बर प्रदेशका एक सांसदले जानकारी दिए ।

बिहीबारको बैठकमा बोलेका सांसद तथा प्रदेश सरकारका मन्त्रीहरुले भने पार्टीको केन्द्रीय सचिवालय कमिटीले गरेको निर्णय मान्नुको विकल्प नभएकोमा जोड दिएका थिए ।

यसअघि केही सांसदहरुले प्रदेशसभाको हतियार क्षेत्रमाथि हस्तक्षेप गरेर पार्टी केन्द्रले प्रदेशको राजधानी र नाम तोक्न निर्देशन दिएको भन्दै आपत्ति जनाएका थिए ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ३ : ४८ बजे

दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस

दोलखा– आगामी प्रतिनिधिसभा निर्वाचन आउन मात्र ३३ दिन बाकी छ

कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु