ए डिभिजन लिग: पाँचौं चरण सकिँदा अंक तालिकामा रोमाञ्चक प्रतिस्पर्धा « Khabarhub

ए डिभिजन लिग: पाँचौं चरण सकिँदा अंक तालिकामा रोमाञ्चक प्रतिस्पर्धा


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी ए डिभिजन लिग फुटबल अन्तर्गत पाँचौं चरणका खेल सकिँदा अंक तालिकामा सहभागी टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ ।

मैदानमा खेल केही सुस्त भएपनि अहिलेसम्म लिगका शीर्ष ५ क्लबबीच ३ अंकको अन्तर छ । शीर्ष स्थानमा रहेको आर्मीको १२ अंक हुँदा पाँचौं स्थानमा रहेको जावलाखेलको ९ अंक छ ।

लिगको पाँचौ चरणका खेल सकिँदा आर्मी शीर्ष स्थानमा रहँदा मनाङ मर्स्याङ्दी क्लब ११ अंकसहित दोस्रो, मछिन्द्र क्लब १० अंकसहित तेस्रो स्थानमा र समान १० अंक रहेको थ्रीस्टार क्लब चौथो स्थानमा छ भने जावलाखेल युथ क्लब ९ अंकसहित ५ औं स्थानमा छ ।

आज भएको पहिलो खेलमा जर्ज प्रिन्स कार्कीको गोलमा विभागीय क्लब त्रिभुवन आर्मी क्लबले जित हासिल गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

विहीबार भएको खेलमा सरस्वती युथ क्लबसँग १–० गोलको साँघुरो जित हात पार्लै आर्मीले लिगमा शीर्ष स्थान बनाउन सफल भयो ।

५ खेल मध्ये ४ जित हात पारेको आर्मीले १२ अंक जोडेको छ । आर्मीको जितमा प्रिन्सले खेलको ३० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । निर्धारित समयमा थप गोल हुन नसकेपछि उक्त गोल नै निर्णायक बनेको थियो । पराजित सरस्वती क्लबले भने पाँच खेल खेलिसक्दा अंकतालिकामा खाता खोल्न सकेको छैन् ।

अंक जोड्न नसकेको सरस्तवी लिगको पुछारमा रहेको छ । यस्तै, आजै भएको अर्को खेलमा संकटा क्लबले अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गरेको छ ।

संकटाले एपीएफलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । संकटाका लागि अजय मार्टिन्सले दुई, कर्णबहादुर सुब्बा र लक्ष्मण रुचालले एक–एक गोल गरे भने एपीएफका लागि नबिन लामा र आशिष लामाले एक–एक गोल गरेका थिए ।

खेलमा एपीएफमाथि हावी भएको संकटाका लागि लक्ष्मण रुचालले १९ औं मिनेटमा गोल गरेका थिए भने ४४ औं मिनेटमा कर्णबहादुरले ५३ औं मिनेटमा अजय मार्टिन्सले गोल गर्दै एपीएफविरुद्ध ३–० गोलको अग्रता बनाएको थियो ।

तर, खेलको ५६ औं मिनेटमा नबिन लामाले संकटाविरद्ध एक गोल फर्काएका थिए भने ७२ औं मिनेटमा आशिष लामाले गोल गर्दै खेल ३–२ गोलमा पुर्याएका थिए भने संकटाका लागि खेलको ८८ औं मिनेटमा माटिन्सले गरेको गोल निर्णायक बनेको थियो ।

संकटाले खेलेका ५ खेलमा २ खेलमा जित २ खेलमा हार र एक खेलमा बराबरी खेलेको छ । अहिले लिगको अंक तालिकामा संकटा ७ अंकसहित ७ औं स्थानमा छ । पराजित एपीएफ ५ खेलमा ४ अंकसहित ११ औं स्थानमा छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ६ : २२ बजे

बाग्मती सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व संकलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो

इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र

काठमाडौं- लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको

राखेप र एन्फाबीचको विवादले नेपाली फुटबल क्षेत्रमै असर पार्‍यो : अध्यक्ष तुलाधर

काठमाडौं– संकटा फुटबल क्लबले विदेशी खेलाडीहरूको श्रम स्वीकृति सम्बन्धी विषय

ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलडमरु खुला नगरे इरानका