मलेसियामा रोजगारदाता कम्पनी तलब नदिए श्रम विभाग उजुरी गर्न आग्रह « Khabarhub

मलेसियामा रोजगारदाता कम्पनी तलब नदिए श्रम विभाग उजुरी गर्न आग्रह


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियाका रोजगारदाता कम्पनीले सम्झौता अनुसार तलव सुविधा नदिए त्यहाँको श्रम विभागमा उजुरी गर्न मिल्ने भएको छ ।

मलेसियाको मानव संशाधन मन्त्रालयले विदेशी श्रमिकलाई सम्झौताअनुसार तलब नपाए श्रम विभागमा उजुरी गर्ने विदेशी श्रमिकलाई आग्रह गरेको छ ।

मलेसियाको रोजगार ऐन १९५५ अनुसार देश विदेशका श्रमिकको मासिक तलब बृद्धि गरेको छ ।

जनवरीदेखि मलेसियामा कार्यरत सबै श्रमिकको मासिक तलब १२ सय रिंग्रेट तोकिएको छ ।

मलेसियाका रोजगारदाता कम्पनीले तोकेअनुसारको तलब रोजगारदाता कम्पनीले नदिए श्रम विभागमा सिधै उजुरी गर्ने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।

यस्तै गरी मलेसियाको श्रम विभागले स्वीकृति गरेपछि मात्र डिमाण्ड स्रोत देश पाउने व्यवस्था पनि यही वर्षदेखि गरिएको छ । स्वदेशी विदेशी श्रमिकका हकमा कल्याण र सामाजिक सुरक्षाको पनि यही वर्षदेखि व्यवस्था गरिएको छ । मलेसियामा सुरक्षागार्डले धैरै काम गरेपनि तलब कम पाउने गरेका छन् ।

मलेसियामा नेपाली सुरक्षागार्डले हप्तामा सातै दिन १२ घण्टा काम गर्दापनि १७ सय रिंगेटमात्र पाएको उल्लेख छ । उनीहरुलाई विदाको पनि हुँदैन । यो समस्याका बारेमा विभाग गम्भीर भएको पनि जनाइएको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ५ : ०६ बजे

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी