‘अनेकौँका दृष्टिमा राष्ट्रनिर्माता’ सार्वजनिक  « Khabarhub

‘अनेकौँका दृष्टिमा राष्ट्रनिर्माता’ सार्वजनिक 


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल एकीकरणका मुख्य पात्र राजा पृथ्वीनारायण शाहको जीवनीमा आधारित पुस्तक ‘अनेकौँका दृष्टिमा राष्ट्रनिर्माता’को आज काठमाडौँमा लोकार्पण गरिएको छ ।

विभिन्न विधाका ४४३ लेखकको लेख समेटिएको एक हजार ४०४ पृष्ठ लामो उक्त पुस्तक काठमाडौँमा आज प्रधानसेनापति पूर्णचन्द्र थापाले लोकार्पण गरेका हुन् । हरिप्रसाद सोडारीको प्रधान सम्पादकत्वमा निर्माण भएको पुस्तकको मूल्य रु पाँच हजार राखिएको छ । आज लोकार्पणको दिनमा विशेष छुटसहित रु दुई हजारमा बिक्री गरिएको थियो ।

कार्यक्रममा प्रधानसेनापति थापाले गोरखा राज्यका राजा पुथ्वीनारायण शाहको दुरदृष्टि र दशकौँको मेहनतबाट हासिल भएको सफलताले नेपाल निर्माण भएकाले सबै नेपालीका लागि प्रेरणाको रुपमा रहेको बताए । उनले अख्तियार गरेको रणनीति र शासन प्रणाली तथा दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको प्रधानसेनापति थापाले उल्लेख गरे ।

नेपाली नागरिकलाई एकीकरण अभियानको भौतिक अनुभूति प्रदान गर्दै राष्ट्रिय एकता अभिवृद्धि गर्ने अभिप्रायका साथ नेपाली सेनाको पहलमा एकीकरण मार्ग कार्यक्रम थालिएको जानकारी दिँदै थापाले नेपाल एकीकरणका दौरान प्रयोग भएका पदमार्ग र एकीकरण अभियानसँग सम्बन्धित इतिहास र ऐतिहासिक धरोहरको संरक्षण र प्रवद्र्धनका कार्यक्रम सेनाबाट शुरु गरिएको बताए ।

समारोहमा पुस्तकका प्रधानसम्पादक सोडारीले पृथ्वीनारायण शाह योद्धाका रूपमा मात्रै नभइ सैनिकको मनोबल कसरी बढाए, विद्धानलाई कसरी उपयोग गरे, जनतालाई कसरी उत्साहित बनाए भनेर पुस्तकमा समावेश गरिएको बताए ।

आफ्नो कालमा केही त्रुटी गरेपनि नेपाल एकीकरणमा महत्वपूर्ण योगदान गरेकाले उनको बहुआयामिक पक्ष पुस्तकमा समेटिएको उनले जानकारी गराए । इतिहासकार दिनेशराज पन्तले नेपालको पुनःएकीकरणको काम पुथ्वीनारायण शाहले गरेकाले आज हामी नेपाली भनेर शिर ठाडो बनाउन सकिएको उल्लेख गर्दै यो पुस्तक हरेक नेपालीका लागि उत्तिकै महत्वको रहेको बताए ।

कार्यक्रममा पूर्व रथि अमर पन्तले नेपाललाई साझा फूलबारी बनाउने पृथ्वीनारायण शाह बहुआयामिक व्यक्ति भएको भन्दै इतिहासलाई जीवन्त राख्ने काम पुस्तकले गरेको बताए । उनले वर्तमान समयमा सीमा मिचिएको बेला पुथ्वीनारायण शाहको योगदान स्मरणीय रहेको उल्लेख गर्दै देशको सीमा जोगाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोडदिएका थिए ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  १० : ४१ बजे

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति

शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, बविताकुमारी पासवानसँग भेट

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह