आज स्वस्थानी व्रतको समापन, कुमार अगस्त्यबीचको संवादमय कथाको विश्राम « Khabarhub

आज स्वस्थानी व्रतको समापन, कुमार अगस्त्यबीचको संवादमय कथाको विश्राम


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एक महिने स्वस्थानी व्रत बसेका श्रद्धालु भक्तजनले आज माघ शुक्ल पूर्णिमाका दिन उद्यापन (साङ्गे) गरी व्रत पूर्ण गर्दैछन् ।

पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्न कालमा पार्वती सहित महादेवको पूजा गरेका व्रतालुले आज साङ्गे गरेर व्रत समापन गर्दैछन् ।

यस एक महिनाको अवधिमा स्कन्द पुराण अन्तर्गतको केदारखण्डको माघ माहात्म्यमे अन्तर्गत कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य भएको छ ।

विधिपूर्वक एक महिने व्रत गरेकाले आज माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी स्वस्थानी मातालाई अघ्र्य दिइन्छ ।

चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ ओटा पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मितछोरालाई एवं मितछोरा पनि नभए कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने गरिन्छ ।

सय रोटी व्रतालुले फलाहार गरी रातमा जाग्राम बस्ने र जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरेमा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई, स्वस्थानी देवीको रुपमा पुजिदै आएको छ ।

यस्ती देवीको विधिपूर्वक व्रत बस्नेहरुले बिछोड भएका जोडीसँग पुनर्मिलन पाउने विश्वास छ । रोगब्याध भएमा ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने समेत धार्मिक विश्वास छ । आजकै दिन साँखुस्थित शालीनदीमा अश्वमेध यज्ञ समेत गरिन्छ । शालीनदीमा आजै एक महिने माधवनारायणको मेला समेत समापन हुनेछ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ७ : २५ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका