आज स्वस्थानी व्रतको समापन, कुमार अगस्त्यबीचको संवादमय कथाको विश्राम « Khabarhub

आज स्वस्थानी व्रतको समापन, कुमार अगस्त्यबीचको संवादमय कथाको विश्राम


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एक महिने स्वस्थानी व्रत बसेका श्रद्धालु भक्तजनले आज माघ शुक्ल पूर्णिमाका दिन उद्यापन (साङ्गे) गरी व्रत पूर्ण गर्दैछन् ।

पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्न कालमा पार्वती सहित महादेवको पूजा गरेका व्रतालुले आज साङ्गे गरेर व्रत समापन गर्दैछन् ।

यस एक महिनाको अवधिमा स्कन्द पुराण अन्तर्गतको केदारखण्डको माघ माहात्म्यमे अन्तर्गत कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य भएको छ ।

विधिपूर्वक एक महिने व्रत गरेकाले आज माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी स्वस्थानी मातालाई अघ्र्य दिइन्छ ।

चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ ओटा पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मितछोरालाई एवं मितछोरा पनि नभए कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने गरिन्छ ।

सय रोटी व्रतालुले फलाहार गरी रातमा जाग्राम बस्ने र जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरेमा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई, स्वस्थानी देवीको रुपमा पुजिदै आएको छ ।

यस्ती देवीको विधिपूर्वक व्रत बस्नेहरुले बिछोड भएका जोडीसँग पुनर्मिलन पाउने विश्वास छ । रोगब्याध भएमा ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने समेत धार्मिक विश्वास छ । आजकै दिन साँखुस्थित शालीनदीमा अश्वमेध यज्ञ समेत गरिन्छ । शालीनदीमा आजै एक महिने माधवनारायणको मेला समेत समापन हुनेछ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ७ : २५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको