रोनाल्डोको गोलले पनि जोगाउन सकेन युभेन्टसलाई, हेलास भेरोनासँग पराजित « Khabarhub

रोनाल्डोको गोलले पनि जोगाउन सकेन युभेन्टसलाई, हेलास भेरोनासँग पराजित


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको गोलमा सुरुवाती अग्रता लिए पनि इटालियन सिरिएको गएराति सम्पन्न खेलमा युभेन्टस पराजित भएको छ ।

बेन्टेगोडी रंगशालामा भएको खेलमा युभेन्टस हेलास भेरोनासँग २ -० ले स्तब्ध भएको हो ।

खेलको ६५ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोलबाट युभेन्टसले अग्रता लिए पनि त्यसलाई १० मिनेट भन्दा बढी समय जोगाउन सकेन ।

भेरोनाका लागि फावियो बोरिनीले ७६ औं मिनेटमा गोल गर्दे खेल बराबरीमा ल्याए ।

बराबरीपछि युभेन्टसमाथी हावी भएको भेरोनाले ८६ औं मिनेटमा जाम्पाओ पाक्सिनीको गोलमार्फत जीत सुनिश्चित गर्‍यो ।

हारपछि पनि युभेन्टस २३ खेलबाट ५४ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेको भेरोना ३४ अंकका साथ छैठौं स्थानमा छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ६ : २१ बजे

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई