काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न भएको छ। बिहान करिब ८ बजेदेखि सुरु भएको मतदान राति १० बजे हाराहारी सम्पन्न भएको हो।
मतदान सकिएपछि अहिले मतपेटिका सिल गर्ने काम भइरहेको छ। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार मतपेटिका राष्ट्रिय सभागृह पुर्याएपछि उम्मेदवारहरूबीच सहमति गरेर मतगणना प्रक्रिया सुरु गरिनेछ।
सभापति पदको मतगणना राति नै गर्ने तयारी रहेको उल्लेख गर्दै खड्काले प्रक्रिया पूरा गर्दा कति समय लाग्छ भन्ने यकिन नभएको बताए।














प्रतिक्रिया