‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा २१ जना मारिए « Khabarhub

‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा २१ जना मारिए


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

थाइल्याण्ड- थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा २१ जना व्यक्तिको मृत्यु भएको छ।

घटनामा दर्जनौ घाइते भएको जनाइएको छ ।  ती आक्रमणकारी सैनिकले आफू कार्यरतः सैनिक शिविरबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर शहर पसेका थिए।

त्यसपछि हतियारसहितका ती सैनिकले शहरको एउटा व्यापारिक केन्द्रमा  प्रवेश गरी जथाभावी गोली चलाएका थिए।

त्यसअघि उनले आफ्ना कमाण्डिङ अफिसरको हत्या गरेर हतियार चोरेको बताइएको छ।

आक्रमणकारी भनिएका ती सैनिकले आक्रमणको क्रममा एउटा सेल्फी पनि लिएर सामाजिक सञ्जालमा राखेका प्रहरीले बताएको छ ।

हमलाकर्ता अहिले कतै लुकिरहेका छन् । स्वास्थ्यमन्त्री अनुतिन चर्नविराकुलले घटनास्थलमा १६ जनाको र अन्य ५ जनाको अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

घटनामा घाइते भएकामध्ये १० को स्थिति गम्भीर रहेको बताइएको छ । मृतक र घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रहरीले सपिङ सेन्टर वरपर सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । आक्रमणको कारणबारे अनुसन्धान भइरहेको थाई प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ७ : २४ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन