‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा २१ जना मारिए « Khabarhub

‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा २१ जना मारिए


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

थाइल्याण्ड- थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा २१ जना व्यक्तिको मृत्यु भएको छ।

घटनामा दर्जनौ घाइते भएको जनाइएको छ ।  ती आक्रमणकारी सैनिकले आफू कार्यरतः सैनिक शिविरबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर शहर पसेका थिए।

त्यसपछि हतियारसहितका ती सैनिकले शहरको एउटा व्यापारिक केन्द्रमा  प्रवेश गरी जथाभावी गोली चलाएका थिए।

त्यसअघि उनले आफ्ना कमाण्डिङ अफिसरको हत्या गरेर हतियार चोरेको बताइएको छ।

आक्रमणकारी भनिएका ती सैनिकले आक्रमणको क्रममा एउटा सेल्फी पनि लिएर सामाजिक सञ्जालमा राखेका प्रहरीले बताएको छ ।

हमलाकर्ता अहिले कतै लुकिरहेका छन् । स्वास्थ्यमन्त्री अनुतिन चर्नविराकुलले घटनास्थलमा १६ जनाको र अन्य ५ जनाको अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

घटनामा घाइते भएकामध्ये १० को स्थिति गम्भीर रहेको बताइएको छ । मृतक र घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रहरीले सपिङ सेन्टर वरपर सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । आक्रमणको कारणबारे अनुसन्धान भइरहेको थाई प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ७ : २४ बजे

एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी यु–१९ प्रिमियर

उत्तरी नाका खुलाउन किन चासो दिएन सरकारले ?

काठमाडौं- दश वर्षअघि सरकारले रसुवागढी–केरुङलाई उत्तरतर्फको प्रमुख व्यापारिक नाका घोषणा

राप्रपाको १६ बुँदे निर्णय : पूर्वराजा, दल र जेन-जीबीच खोज्यो नयाँ सहमति, मंसिर २३ गते शक्ति प्रदर्शन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले

सोलुखुम्बुबाट एमालेका सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

सोलुखुम्बु– नेकपा एमालेको आशन्न ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बु