ओमानविरुद्ध नेपालको मन्द शूरुवात, ‘पावर प्ले’ मा बनायो २२ रन | Khabarhub Khabarhub

ओमानविरुद्ध नेपालको मन्द शूरुवात, ‘पावर प्ले’ मा बनायो २२ रन



काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत आफ्नो तेस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गरिरहेको नेपाल मन्द शूरुवातसहित पहिलो पावर प्लेमा २२ रन बनाएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलको १० ओरभको पहिलो पावर प्ले सकिँदा नेपालले विना विकेटको क्षतीमा २२ रन बनाएको हो ।

नेपालका लागि ओपनर द्वय कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेल क्रिजमा टिकीरहेका छन् । सुवास खकुरेल १२ रनमा खेलिरहेका छन् भने कप्तान मल्लले १० रनमा उनलाई साथ दिइरहेका छन् ।

ओमानविरुद्ध टस हारेर पहिलो ब्याटिङ गरिरहेको नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । जसमा यसअघि लगातार दुई खेल खेलेका अभिनास बोहराको स्थानमा कमलसिंह ऐरीले टोलीमा स्थान बनाएका छन् ।

कमल पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । ओमानव्रिद्धको खेल राष्ट्रिय टोलीबाट खेलेको पहिलो खेल हो ।

एकदिवसिय शृङ्खलामा डेब्यु अवसर पाएका ऐरीको प्रदर्शन भने यसअघिका खेलका नेपालका डेब्यु गरेको खेलाडीको जस्तो हुन्छ हुँदैन भन्ने हेर्न बाँकीछ ।

यसअघि एकदिवसियमा डेब्यु गरेका सुशन भारीले डेब्यु खेलमा ५ विकेट लिएका थिए भने कुशल मल्लले अर्धशतकिय किर्तिमानी इनिङ खेलेका थिए ।

लिग २ अन्तरगत नेपाल अमेरिका र ओमानबीचको शृङ्खलामा नेपालले शनिबार पहिलो जीत हात पारेको थियो । लिग २ अन्तर्गत त्रिकोणात्मक शृङ्खला विश्वकप २०२३ को रोडम्यापसमेत हो । यसको शीर्ष ३ टाली दोस्रो चरणको क्वालिफायरमा पुग्नेछन् भने पुछारका ४ टोली च्यालेन्जर खेल्नेछन् ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १० : १८ बजे

हुम्लाका विभिन्न स्थानमा टेलिफोन सेवा अवरुद्ध

सिमकोट– हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध

डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३