ओमानविरुद्ध नेपालको मन्द शूरुवात, ‘पावर प्ले’ मा बनायो २२ रन « Khabarhub

ओमानविरुद्ध नेपालको मन्द शूरुवात, ‘पावर प्ले’ मा बनायो २२ रन



काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत आफ्नो तेस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गरिरहेको नेपाल मन्द शूरुवातसहित पहिलो पावर प्लेमा २२ रन बनाएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलको १० ओरभको पहिलो पावर प्ले सकिँदा नेपालले विना विकेटको क्षतीमा २२ रन बनाएको हो ।

नेपालका लागि ओपनर द्वय कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेल क्रिजमा टिकीरहेका छन् । सुवास खकुरेल १२ रनमा खेलिरहेका छन् भने कप्तान मल्लले १० रनमा उनलाई साथ दिइरहेका छन् ।

ओमानविरुद्ध टस हारेर पहिलो ब्याटिङ गरिरहेको नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । जसमा यसअघि लगातार दुई खेल खेलेका अभिनास बोहराको स्थानमा कमलसिंह ऐरीले टोलीमा स्थान बनाएका छन् ।

कमल पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । ओमानव्रिद्धको खेल राष्ट्रिय टोलीबाट खेलेको पहिलो खेल हो ।

एकदिवसिय शृङ्खलामा डेब्यु अवसर पाएका ऐरीको प्रदर्शन भने यसअघिका खेलका नेपालका डेब्यु गरेको खेलाडीको जस्तो हुन्छ हुँदैन भन्ने हेर्न बाँकीछ ।

यसअघि एकदिवसियमा डेब्यु गरेका सुशन भारीले डेब्यु खेलमा ५ विकेट लिएका थिए भने कुशल मल्लले अर्धशतकिय किर्तिमानी इनिङ खेलेका थिए ।

लिग २ अन्तरगत नेपाल अमेरिका र ओमानबीचको शृङ्खलामा नेपालले शनिबार पहिलो जीत हात पारेको थियो । लिग २ अन्तर्गत त्रिकोणात्मक शृङ्खला विश्वकप २०२३ को रोडम्यापसमेत हो । यसको शीर्ष ३ टाली दोस्रो चरणको क्वालिफायरमा पुग्नेछन् भने पुछारका ४ टोली च्यालेन्जर खेल्नेछन् ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १० : १८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल