भाइरल ज्वरोको संक्रमण फैलिएपछि बाजुराका गाउँ–गाउँमा स्वास्थ्य शिविर « Khabarhub

भाइरल ज्वरोको संक्रमण फैलिएपछि बाजुराका गाउँ–गाउँमा स्वास्थ्य शिविर


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– केही दिन यता बाजुराको हिमाली गाउँपालिकामा भाइरल ज्वरोको संक्रमण फैलिएपछि चिकित्सकको टोली उपचारमा खटिएको छ ।

गाउँपालिकामा फैलिएको मौसमी रुघाखोकी तथा भाइरल ज्वरो इन्फ्लुन्जाले माहामारीको रुप लिन थालेपछि चिकित्सकको टोली गाउँ गाउँमा खटिएको हो ।

गत आइतबारदेखि बिहीबारसम्म गाउँपालिका केन्द्रमै चिकित्सकसहितको स्वास्थ्यकर्मी टोलीले रुघाखोकीबाट ग्रसित बिरामीहरुको उपचार गरिहेको छ ।

गाउँपालिका अध्यक्ष गोबिन्दबहादुर मल्लको समन्वयमा गाउँपालिका स्वास्थ्य शाखाप्रमुख राजबहादुर भण्डारी, डाक्टर राजुराज जैशीसहित अन्य ४ जना स्वास्थ्यकर्मीहरुको टोली उपचारमा खटिएको हो ।

स्वास्थ्य शाखा प्रमुख भण्डारीका अनुसार शुक्रबार हिमाली गाउँपालिका वडा नं ४ को बोर्ता गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी २ सय ३७ जनाको उपचार गरिएको हो ।

फैती गाउँमा शनिबार १ सय ५६ जनाको स्वास्थ्य उपचार गरिएको उनले बताए । चार जना बिरामीको नमुमा परीक्षणका लागि सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उनले जानकारी दिए ।

चिकित्सक सहितको टोलीले आइतबार धिम गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ ।

मौसमी रुघाखोकी तथा भाइरल ज्वरो इन्फ्लुन्जाको माहामारी नियन्त्रणका लागि डा जैशी, हेल्थ असिस्टेन्ट भण्डारी, अ.हे.व. बासुदेव पाण्डे , सीअनमी प्रेमकला मल्ल र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट ल्याब टेक्निसियन निरीक्षक राम प्रशाद ओझासहितको टोली उपचारका लागि गाउँ–गाउँमा खटिएको हो ।

यसैबीच भाइरल ज्वरोको संक्रमणबाट बाजुराको स्वामीकार्तिक गाउँपालिकमा दुई जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ९ : २२ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको