भाइरल ज्वरोको संक्रमण फैलिएपछि बाजुराका गाउँ–गाउँमा स्वास्थ्य शिविर « Khabarhub

भाइरल ज्वरोको संक्रमण फैलिएपछि बाजुराका गाउँ–गाउँमा स्वास्थ्य शिविर


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– केही दिन यता बाजुराको हिमाली गाउँपालिकामा भाइरल ज्वरोको संक्रमण फैलिएपछि चिकित्सकको टोली उपचारमा खटिएको छ ।

गाउँपालिकामा फैलिएको मौसमी रुघाखोकी तथा भाइरल ज्वरो इन्फ्लुन्जाले माहामारीको रुप लिन थालेपछि चिकित्सकको टोली गाउँ गाउँमा खटिएको हो ।

गत आइतबारदेखि बिहीबारसम्म गाउँपालिका केन्द्रमै चिकित्सकसहितको स्वास्थ्यकर्मी टोलीले रुघाखोकीबाट ग्रसित बिरामीहरुको उपचार गरिहेको छ ।

गाउँपालिका अध्यक्ष गोबिन्दबहादुर मल्लको समन्वयमा गाउँपालिका स्वास्थ्य शाखाप्रमुख राजबहादुर भण्डारी, डाक्टर राजुराज जैशीसहित अन्य ४ जना स्वास्थ्यकर्मीहरुको टोली उपचारमा खटिएको हो ।

स्वास्थ्य शाखा प्रमुख भण्डारीका अनुसार शुक्रबार हिमाली गाउँपालिका वडा नं ४ को बोर्ता गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी २ सय ३७ जनाको उपचार गरिएको हो ।

फैती गाउँमा शनिबार १ सय ५६ जनाको स्वास्थ्य उपचार गरिएको उनले बताए । चार जना बिरामीको नमुमा परीक्षणका लागि सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उनले जानकारी दिए ।

चिकित्सक सहितको टोलीले आइतबार धिम गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ ।

मौसमी रुघाखोकी तथा भाइरल ज्वरो इन्फ्लुन्जाको माहामारी नियन्त्रणका लागि डा जैशी, हेल्थ असिस्टेन्ट भण्डारी, अ.हे.व. बासुदेव पाण्डे , सीअनमी प्रेमकला मल्ल र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट ल्याब टेक्निसियन निरीक्षक राम प्रशाद ओझासहितको टोली उपचारका लागि गाउँ–गाउँमा खटिएको हो ।

यसैबीच भाइरल ज्वरोको संक्रमणबाट बाजुराको स्वामीकार्तिक गाउँपालिकमा दुई जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ९ : २२ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २७ गते शनिबार सन् २०२६

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी