टिप्पर चालकसँग घुस लिने ट्राफिक प्रहरीका असई र जवान पक्राउ « Khabarhub

टिप्पर चालकसँग घुस लिने ट्राफिक प्रहरीका असई र जवान पक्राउ


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपेन्देहीको रामनगरस्थित ट्राफिक प्रहरी पोस्टमा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक (असई) ५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रहरी चौकी खिदिम अर्घाखाँचीमा दरबन्दी भइ ट्राफिक प्रहरी पोस्ट रामनगरमा कार्यरत असई सूर्यबहादुर अधिकारी छन् ।

अधिकारीले टिप्पर चालक तथा सञ्चालकहरुलाई डर त्रास देखाइ अवैध रुपमा रकम असुली गर्दै आएका थिए ।

टिप्पर चालक तथा सञ्चालकहरुले दिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यलयबाट खटिएको टोलीले असई अधिकारीलाई पक्राउ गरेको हो ।

अधिकारीलाई रुपेन्देहीको बुटवल उपमहानगरपालिका–८ स्थित ट्राफिक पोस्ट रामननगर परिसरबाट शुक्रबार पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले शुक्रबार नै रुपेन्देहीको खैरेनीस्थित अस्थायी ट्राफिक प्रहरी पोस्टमा कार्यरत ट्राफिक प्रहरी जवान छबिलाल पोखरेल घुस रकमसहित पक्राउ गरेको थियो ।

ट्राफिक प्रहरी जवान पोखरेलले पनि टिप्पर चालक तथा धनीहरुलाई धम्क्याएर अवैध रुपमा रकम असुली गर्ने गर्दथे ।

पूर्व सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले प्रहरी जवान पोखरेललाई ३ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

टिप्पर चालकसँग लिएको घुससहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ११ : ०० बजे

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले