नेपालले गुमायो महत्वपूर्ण विकेट, कप्तान मल्ल ५६ रनमा आउट | Khabarhub Khabarhub

नेपालले गुमायो महत्वपूर्ण विकेट, कप्तान मल्ल ५६ रनमा आउट


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गरिरहेको नेपालले  महत्वपूर्ण चौथो विकेट पनि गुमाएको छ ।

नेपालले चौथो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको छ ।

कप्तान मल्ललाई ओमानका बलर आकिब आलियासले महोम्मद नादिमको हातबाट क्याच आउट गराए । कप्तान मल्लले ६ वटा चौका तथा १ वटा छक्का प्रहार गर्दै नेपालका लागि ५६ रनको योगदान दिए ।

पहिलो विकेटमा रुपमा सुवास खकुरेललाई गुमाएको नेपालले दोस्रो विकेटका रुपमा पारस खड्का र तेस्रो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमायो ।

ओपनर सुवास खकुरेल आउट भएपछि क्रिजमा आएका पारशले ३४ बलमा ६ चौका र १ वटा छक्का प्रहार गर्दै ३८ रन बनाए । उपकत्पान ऐरी भने शुन्य रनमै आउट भए ।

ताजा अवस्थामा नेपालले २९.५ ओभर खेल्दै ४ विकेटको क्षतिमा १ सय ३७ रनको मध्यम स्कोर खडा गरेको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ११ : ४२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’