थाइल्याण्ड गोलीकाण्डमा मारिनेको सङ्ख्या २६ पुग्यो, गोली चलाउने सैनिक पनि मारिए « Khabarhub

थाइल्याण्ड गोलीकाण्डमा मारिनेको सङ्ख्या २६ पुग्यो, गोली चलाउने सैनिक पनि मारिए


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंकक– थाइल्याण्डमा एकजना सैनिकले अन्धाधुन्द गोली चलाउँदा मारिनेको सङ्ख्या २६ पुगेको छ ।

थाई सैनिकले आफू कार्यरत सैनिक शिविरबाट हतियार, गोलीगठ्ठा र बख्तरबन्द गाडी चोरेर शहर पसेका थिए । शहरमा उनले व्यापारिक केन्द्रमा पसेर जथाभावी गोली चलाएका थिए ।

शहर पस्नुअघि उनले आफू कार्यरत सैनिक शिविरमा आफ्ना कमाण्डिङ अफिसरसहित अरु केही सैनिकको पनि ज्यान लिएको थाई सञ्चारमाध्यमले जनाएका छन् ।

गोलीकाण्डमा अरु ५७ जना घाइते भएको थाई अधिकारीले जनाएका छन् । अरु केही घाइतेको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

गोलीकाण्डका बेला उनले सामाजिक सञ्जाल फेसबुकमा सन्देशहरु लेखेर छाडेका थिए ।

गोली चलाउने सैनिक कर्पोरल जाक्रपन्थ थोम्मा रहेको थाई समाचार संस्थाहरुले जनाएका छन् । सुरक्षा कारवाहीमा ती सैनिकको ज्यान गइसकेको छ ।

एउटा घरको विषयलाई लिएर व्यक्तिगत दुश्मनीका क्रममा ती सैनिकले गोली चलाएको हुनसक्ने थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले जनाएका छन् ।

गोली चलाउने सैनिक हतियार प्रेमी भएको र उनले बेलाबेला सामाजिक सञ्जालमा आफ्नो हतियारको तस्वीर पोष्ट गर्दै आएका थिए ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १ : ०८ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन