थाइल्याण्ड गोलीकाण्डमा मारिनेको सङ्ख्या २६ पुग्यो, गोली चलाउने सैनिक पनि मारिए « Khabarhub

थाइल्याण्ड गोलीकाण्डमा मारिनेको सङ्ख्या २६ पुग्यो, गोली चलाउने सैनिक पनि मारिए


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंकक– थाइल्याण्डमा एकजना सैनिकले अन्धाधुन्द गोली चलाउँदा मारिनेको सङ्ख्या २६ पुगेको छ ।

थाई सैनिकले आफू कार्यरत सैनिक शिविरबाट हतियार, गोलीगठ्ठा र बख्तरबन्द गाडी चोरेर शहर पसेका थिए । शहरमा उनले व्यापारिक केन्द्रमा पसेर जथाभावी गोली चलाएका थिए ।

शहर पस्नुअघि उनले आफू कार्यरत सैनिक शिविरमा आफ्ना कमाण्डिङ अफिसरसहित अरु केही सैनिकको पनि ज्यान लिएको थाई सञ्चारमाध्यमले जनाएका छन् ।

गोलीकाण्डमा अरु ५७ जना घाइते भएको थाई अधिकारीले जनाएका छन् । अरु केही घाइतेको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

गोलीकाण्डका बेला उनले सामाजिक सञ्जाल फेसबुकमा सन्देशहरु लेखेर छाडेका थिए ।

गोली चलाउने सैनिक कर्पोरल जाक्रपन्थ थोम्मा रहेको थाई समाचार संस्थाहरुले जनाएका छन् । सुरक्षा कारवाहीमा ती सैनिकको ज्यान गइसकेको छ ।

एउटा घरको विषयलाई लिएर व्यक्तिगत दुश्मनीका क्रममा ती सैनिकले गोली चलाएको हुनसक्ने थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले जनाएका छन् ।

गोली चलाउने सैनिक हतियार प्रेमी भएको र उनले बेलाबेला सामाजिक सञ्जालमा आफ्नो हतियारको तस्वीर पोष्ट गर्दै आएका थिए ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १ : ०८ बजे

एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी यु–१९ प्रिमियर

उत्तरी नाका खुलाउन किन चासो दिएन सरकारले ?

काठमाडौं- दश वर्षअघि सरकारले रसुवागढी–केरुङलाई उत्तरतर्फको प्रमुख व्यापारिक नाका घोषणा

राप्रपाको १६ बुँदे निर्णय : पूर्वराजा, दल र जेन-जीबीच खोज्यो नयाँ सहमति, मंसिर २३ गते शक्ति प्रदर्शन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले

सोलुखुम्बुबाट एमालेका सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

सोलुखुम्बु– नेकपा एमालेको आशन्न ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बु