अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए | Khabarhub Khabarhub

अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा संयुक्त सुरक्षा अभ्यासका क्रममा अफगान सैनिकको पोसाक लगाएका एक व्यक्तिले अमेरिकी तथा अफगान सैनिकलाई लक्षित गरी आक्रमण गर्दा कम्तीमा दुई अमेरिकी सैनिक मारिएका छन् ।

अफगानिस्तानको ननगरहार प्रान्तमा संयुक्त सैनिक अभ्यासका क्रममा अफगान सैनिकको पोसाक लगाएका एक व्यक्तिले अमेरिकी सैनिकलाई लक्षित गरी आक्रमण गरेका थिए ।

आक्रमणकारीले अत्याधुनिक मेसिनगनले अमेरिकी सैनिकलाई लक्षित गरी गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा ६ अमेरिकी सैनिक घाइते समेत भएका छन् ।

आक्रमणमा कारवाहीमा केही अफगान सैनिकको हताहती भएको भनिएपनि यसबारे स्पष्ट विवरण सार्वजनिक हुन सकेको छैन ।

अमेरिकी सञ्चारमाध्यमले घटनालाई ‘आन्तरिक आक्रमण’ को संज्ञा दिएपनि सुरक्षा अधिकारीले आक्रमणको उद्देश्य तथा कारणबारे जानकारी संकलन तथा विश्लेषण गर्ने काम भइरहेकाले यसबारे तत्काल स्पष्ट नभइसकेको जनाएका छन् ।

कारवाहीका क्रममा आक्रमणकारीको समेत मृत्यु भएको अफगान अधिकारीले जनाएका छन् । संदिग्ध इस्लामवादी लडाकुले अफगान सुरक्षा फौजमा घुसपैठ गरी आक्रमण गरेको हुनसक्ने अनुमान गरिएपनि कुन समूहले आक्रमण गराएको भन्नेबारे केही खुल्न सकेको छैन ।

अफगानिस्तानमा अफगान सुरक्षा बलका सदस्यले अमेरिकी सैनिकलाई लक्षित गरी घातक आक्रमण गर्दै आएपनि पछिल्ला वर्षहरुमा यस्तो आक्रमणमा निकै कमी आएको बताइन्छ ।

यस आक्रमणको जिम्मा तत्काल कुनै समूहले लिइसकेको छैन ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १ : ४२ बजे

१०७ वर्षअघिको विश्वास फर्काउँदै नरदेवी अस्पताल

काठमाडौं – शिक्षा र स्वास्थ्य आमनागरिकको सहज पहुँचमा नरहेको गुनासो

कोशी प्रदेशसभा बैठक बस्दै, संकल्प प्रस्ताव दर्ता गरिने

विराटनगर– कोशी प्रदेशमा राजनीतिक अन्योलताका बीच आज प्रदेश सभाको अधिवेशन

भारतको गुजरातमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु

नयाँदिल्ली– भारतको गुजरातस्थित अहमदाबाद–वडोदरा एक्सप्रेस–वे मा भएको सवारी दुर्घटनामा १०

२९औँ वन्यजन्तु सप्ताहमा बूढीराप्ती सरसफाइ

चितवन– चितवनमा जारी २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी

जलवायु परिवर्तनमा नेपालकाे योगदान छैन : अर्थमन्त्री

वासिङ्टन– अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित