बजार अनुगमन तीव्र पार्दै चौदण्डीगढी नगरपालिका « Khabarhub

बजार अनुगमन तीव्र पार्दै चौदण्डीगढी नगरपालिका


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नो पालिका क्षेत्र भित्रका मुख्य बजार तथा ग्रामीण क्षेत्र तथा बजारहरूमा अनुगमनलाई तीव्र पारेको छ ।   

पालिकाको बजार अनुगमन टोलीले पालिका भित्रका सबै खाले पसलमा अनुगमन गरेको हो । चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्रीकान्त चौधरीको नेतृत्वमा नगरपालिका भित्रका बजार क्षेत्रहरूमा अनुगमनलाई तीव्रता दिएको हो ।

बजार अनुगमन टोलीले एक महिना यता नगरको मुख्य बजारहरू बेल्टार, हडिया, शिवाई, बसाहा, बिरेन्द्रबजार क्षेत्र र ग्रामीण भेगमा रहेका पसलहरुमा समेत अनुगमन गरेको छ । 

अनुगमन टोलीले पालिका भित्रका किराना पसल, औषधी पसल, होटल लगायत सबै व्यवसायमा  छड्के अनुगमन गरेको हो । अनुगमनका क्रममा पाइएका म्याद नाघेका झन्डै ४१ हजार बढीका समानहरू जफत गरी नष्ट गरिएको छ । 

पालिकाको बेल्टारमा बजारमा संचालित सन एण्ड विष्णु मेडिकल हल एण्ड पोलिक्लिनिकलाई अनुमति बिनै संचालन गरिएकोमा अनुगमन टोलीले सिल गरेको छ  भने उक्त मेडिकल हललाई ५ हजार जरिवाना समेत गरिएको छ ।

अनुगमन टोलीले चौदण्डीगढी ३ स्थित गुप्ता किराना पसललाई २ हजार, सोही ठाउँको होटल युमालाई ५ हजार, चौदण्डीगढी ४ स्थित दर्ता बिना संचालित रेनुका राई र सम्झना राईको पसललाई २ हजार र १५ सय जरिवाना गरिएको छ भने चौदण्डीगढी ५ को घिमिरे किराना पसललाई ५ हजार, चौदण्डीगढी ५ कै आरुष किराना पसललाई ३ हजार जरिवाना गरिएको छ ।

अनुगमन टोलीले केही पसलहरूलाई चेतावनी दिएको छ । अनुगमन टोलीले कानुनसम्मत रूपमा दर्ता नभएको र म्याद गुज्रिएको समान बेचबिखन गरे नगरेको चेकजाँच गर्ने गरेको चौदण्डीगढी नगरपालिका सामाजिक शाखा प्रमुख नवराज बाराले जानकारी दिए ।   

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  १२ : ३९ बजे

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम