के रुबिनालाई ‘क्याप्टेन’ फिल्मबाट अफर आएको थियो ? « Khabarhub

के रुबिनालाई ‘क्याप्टेन’ फिल्मबाट अफर आएको थियो ?


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ बक्स अफिसमा खासै सफल भएन । तर यही फिल्मबाट नायिका उपासना सिंह ठकुरीले चर्चा कमाइन् । अहिले उपासना पछिल्लो समय चर्चामा रहेकी नायिकाको सूचीमा अटाउँछिन् ।

यो फिल्म गतवर्ष प्रदर्शनमा आएको थियो । उपासनाले ‘क्याप्टेन’ पछि फिल्म ‘कबड्डी ३’ मा अभिनय गरेर चर्चा पनि कमाइन् ।

तर, रुबिनाको डेब्यु फिल्म बल्ल प्रदर्शनको क्रममा रहेको छ ।

यसैबीच फिल्म ‘लभ डायरिज’ का निर्देशक सौरभ चौधरीले फिल्म ‘क्याप्टेन’ मा ‘लभ डायरिज’ नायिका रुविना थापालाई अफर आएको बताए । उनले ‘क्याप्टेन’ का निर्देशक दिवाकर भट्टराईले फिल्ममा रुविनालाई अप्रोच गरेको बताए ।

‘रुविनालाई क्याप्टेन फिल्मबाट अफर आएको थियो, तर हाम्रो फिल्म रिलिज नुहँदै अरु फिल्ममा उहाँलाई डेब्यु नगराउने भनेर मैले नै हुन्न भनेँ,’ सौरभले सुनाए ।

‘लभ डायरिज’ की नायिका रुविनाले भने फिल्मबाट अफर आएको बल्ल थाहा पाएको प्रतिक्रिया दिइन् । उनले ‘लभ डायरिज’ नै पहिलो डेब्यु फिल्म होस् भन्ने चाहेको पनि बताइन् ।

आइतवार (आज) पत्रकारसँगको भेटघाटमा रुविनाले भनिन्, ‘मैले त अफर आएको पनि बल्ल थाहा पाएँ,’ रुविनाले हाँस्दै सुनाइन् ।

लामो समय रिलिज हुन नसकेको फिल्म ‘लभ डायरिज’ अन्ततः आउँदो फागुन २ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्म गएको असोज ३ गतेदेखि प्रदर्शनमा आउने भनिएको थियो । पछि प्राविधिक कारण देखाउँदै फिल्मको रिलिज मिति सारिएको थियो ।

‘लभ डायरिज’ मा रुविनाका अलावा सुशील श्रेष्ठ र विश्वजीत रिमालको पनि शीर्ष भूमिका छ । प्रेमकथामा आधारित यो फिल्म प्रणय दिवसको अवसर पारेर आउँदो फागुन २ मा रिलिज हुँदैछ ।

मधु बास्तोलाको स्किृप्ट रहेको यो फिल्ममा विनोद सापकोटाको लगानी रहेको छ । फिल्मको छायांकन सञ्जय लामाले गरेका हुन् ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ३ : ३४ बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र