नेप्से दोहोरो अंकले घट्यो | Khabarhub Khabarhub

नेप्से दोहोरो अंकले घट्यो


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको परिसूचक बन्द हुँदा १३.७० अंकले घटेर १३२० अंकमा झरेको छ ।

दिनभरको बजारमा परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । पछिल्लो समय १ अर्ब बढी कारोबार भएको बजारमा आइतबार भने जम्मा ९५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कूल १७३ कम्पनीको २५ लाख ५० हजार कित्ता सेयर खरिद बिक्री भएका छन् ।

बजारमा चार कम्पनीको ३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेको इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक र नागरिक लगानीकोषको ३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । जसमध्ये नेको इन्स्योरेन्सको ३ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् ।

आइतबारको बजारमा १२ वटा समूह कारोबारमा आएका थिए । जसमध्ये उत्पादनमूलक समूह बाहेक बाँकी समूह ओरालो लागेका छन् । निर्जीवन बीमा समूह सबैभन्दा बढी १३१ अंकले घटेको छ । उत्पादनमूलक समूह भने १७ अंकले उकालो लागेको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ३ : ५९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’