सागमा स्वर्ण पदक विजेता फुटबल खेलाडीलाई एन्फाले सम्मान गर्ने « Khabarhub

सागमा स्वर्ण पदक विजेता फुटबल खेलाडीलाई एन्फाले सम्मान गर्ने


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता फुटबल टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको एन्फाको कार्यसमिति बैठकले स्वर्ण विजेता टोलीका हरेक खेलाडीलाई ५ लाख ५० हजार रुपैयासहित सम्मान गर्ने निर्णय गरेको छ ।

सागमा नेपाली पुरुष फुटबल टोलीले फाइनलमा भुटानलाई पराजित गर्दै लगातार दोस्रो पटक स्वर्ण जितेको थियो । उक्त फाइनलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

यस्तै, सागमा उपविजेता बनेको महिला टोलीका खेलाडीलाई १ लाख ५० हजारसहित सम्मान गर्ने निणर्यपनि एन्फा कार्यसमिति बैठकले गरेको छ ।

यस्तै, फागुन १० देखि शुरु हुने बि डिभिजन लिगका सहभागी टोलीलाई १० लाख दिने र सि डिभिजन लिगमा सहभागी हुने टोलीलाई ७ लाख दिने अध्यक्ष कर्मा छिरिङ शेर्पाको नेतृत्वमा बसेको बैठकले निर्णय गरेको छ ।

एन्फा कार्यसमिति बैठकले महिला लिग फुटकलको पुरस्कार राशी समेत घोषणा गरेको छ । एन्फाको निर्णयअनुसार प्रथम पुरस्कार १५ लाख रहेको छ भने दोस्रो र तेस्रोले लगातार ८ र ५ लाख पुरस्कार प्राप्त गर्नेछन् भने चौथो हुनेले ३ लाख पाउनेछ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ४ : ३८ बजे

मन्त्रिपरिषद् बैठक बस्दै : के छ कार्यसूची

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मन्त्रिपरिषद्को बैठक

कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते

कैलाली – कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित ‘च गाउँ’ मा रहेको

सुकुम्वासी बस्तीबाट विस्थापित बालबालिकाको प्रश्न : घर नै छैन, स्कूल कसरी जाऊँ ?

काठमाडौँ – सरकारको निर्णयअनुसार शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट

प्रधानमन्त्री बालेन भन्छन्- भ्रममा नपर्नुस्, भूमिहीनको आवास सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदीकिनार र सरकारी

भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी

झापा वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा